Thursday, December 1
Shadow

बिश्व इतिहासमै पहिलो पटक ७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान

बिश्व इतिहासमै पहिलो पटक ७० वर्षीया महिलाले जन्माइन् पहिलो सन्तान गुजरात : भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् ।

पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो

सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् । इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष

आइभीएफ सेन्टरका डा. नरेश भानुशालीले बताएका छन् । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले करिब दुई दशकसम्म विभिन्न कोसिस गरेको

उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!