आमाको माया साचै नै अपरम्पार नै हुन्छ ।काठमाडौंको मनोहरा नगरपालिका वडा नम्बर २ मा एक चौध दिनको सुत्केरि महिला आफ्नो बच्चालाई काखमा लिएर मा ग्दै हिडेको अवस्थामा फेला परेकि छिन् ।

नत यी चेलिलाई आफ्नो नाम थाहाछ नत बासस्थान नै ,यति मात्रै हैन उनले च्यापेको बच्चाको बुवा को हो समेत उनलाइ अत्तोपत्तो छैन तर बच्चा भने आफ्नै कोखबाट जन्मिएको उनी बताउँछिन् ।

यो बच्चा र यि चेलिको परिचय नखुलेपनि ,यसरि अलपत्र परेका आमा छोरोको उद्वार गरिनुपर्छ ।कुनचहि पापिले ललाई फकाइ गरेर बिवाह पनि नगरि यसरी बच्चालाइ गर्भमा स्थानदिएर सबै सरसामान सहित पुरै बिचल्ली पारेर भागेको यी पि डित महिला बताउँछिन् ,कठै ।

यसरी बिचल्लिमा परिसकेपछि नत उनको खानाको टुङ्गो छ नत बस्नको नै ।उनी जहाजहा मा ग्दै पुग्छिन् त्यहि दिए खान्छिन् नत्र भोकै बस्छिन् ,बस्ने पनि जहाँ पुगिन्छ त्यहि बस्छिन् ।भर्खरै जन्मलिएको बच्चा र यस्तो सुत्केरि महिलाको स्वास्थ्य एकदमै ना जुक हुनेहुदा झनै यस्तो पि डादायिक जीवन बेथित गर्नुपर्दा कस्कोचहि आ त्मा नरुदो हो ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/PCG44YgByMM

धरान: भनिन्छ नि विवाह देखेको होइन लेखेको हुन्छ । एउटा संयोग पनि यस्तो बन्यो कि जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनी बिहे गर्ने ।
नेपालमा यस्तो संयोग कमै हुने गरेको छ तर अहिले प्रविधिको विकासले धेरैलाई सहज पनि बनाइदिएको छ तर पनि संयोग भने कमै हुन्छ ।

धरानमा पनि एक जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा नै दिदीबहिनी पाएका छन् । उनीहरुले यसलाई संयोग मान्दै विवाहको तयारीमा लागेका छन् । मङ्गलबार यी जोडीहरुबीच ‘इन्गजेमेण्ट’ समेत भयो ।

राम–लक्ष्मण कार्की दाजुभाइले गंगा–गमुना कोइराला पाएका हुन् । धरानमा घर भएका उनीहरुले भोजपुरका यी जोडीसँग विवाह गर्न लागेका हुन् । राम–लक्ष्मण व्यवसायी हुन् भने गंगा–जमुना अध्ययनरत् विद्यार्थी हुन् ।

गंगा कोइरालाले आफूहरू चार जना सँगै देख्दा मान्छेहरूले अचम्म मानेर हेर्ने गरेको बताइन् । ‘आजको इन्गेजमेण्टमा त धेरैले अनौठो मानिसक्नुभयो’, उनले भनिन्, ‘हामी त धेरैपल्टै झुक्कियौं, विवाहपछि पनि नझुक्किने कुरै छैन ।’
उनले थपिन्, ‘हामीलाई केही सोध्दैनन् तर घुरेर हेर्छन् ।’

इन्गेजमेण्टमा उपस्थित धेरै आफन्तहरु पनि अचम्मित थिए । ‘जुम्ल्याहा विवाह त धेरै सुनिए तर एकैघरमा दिदीबहिनीसित विवाह गरेको कमै सुनिन्छ’, लक्ष्मी सिजापतिले भनिन्, ‘यो एउटा संयोग हो ।’

सानैदेखि जुम्ल्याहा दिदीबहिनीसँगै विवाह गर्ने इच्छा र सपना रहेको बताउने रामले भने, ‘एकजना आफन्तले भोजपुरमा जुम्ल्याहा दिदीबहिनी छन् भनेपछि आफूहरुले सामाजिक सञ्जालमार्फत् चिनजान
बढाएर नजिकिएको हौं, त्यसपछि यो कुरा आफन्तमार्फत् विवाहमा परिणत गर्ने निधोमा पुग्यौं । जे होस् सपना पूरा भयो ।’ राम-लक्ष्मणले ब्याचलर्स सकेको र गंगा-जमुनाले ब्याचलर्स पढ्दै छन् ।

राम-लक्ष्मण ‘ट्वीन्स क्लब’ मा पनि आवद्ध छन् । उनीहरु त्यसको सदस्य छन् । रामले यस्तो विवाहको एक दुईवटा मात्रै देखेको र सुनेको बताए । ‘एकैदिनको बिहे एउटै घरका दिदीबहिनी लिएर आउने संयोग धेरै हुँदैन’, उनले थपे ।
उनीहरुले अहिलेसम्म ट्वीन्स भएपनि कसैलाई नझुक्याएको समेत बताए । ‘हामी नै पनि झुक्किन्छौं, धेरै जना झुक्किनुहुन्छ तर अरु झुक्किएपनि हामीले कहिल्यै झुक्याएका छैनौं ।’ उनी भन्छन् । –हाम्रो कोशि आवाजबाट।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्… https://youtu.be/TLxIHyb5Qwk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!