चितवनकि सबिना तामाङ्ग अहिले अस्पतालमा उपचार गराई रहेकी छिन । उनका श्रीमान बिनोद मगरले अस्पताल लिएर आएको भएता पनि श्रीमान पैसा लिएर आउछु
भनी फरार भए पछि अहिले उनी उपचारको पैसा तिर्न नसकेर अस्पताल मै रहेकी छिन । सबिना र श्रीमान बिनोद दुबैले सल्लाहमा गर्भ पतन गराएको सबिना बताउँछिन ।
औषधि खाएर गर्भ पतन गराए पछि पठेघरमा समस्या भएर अस्पताल आएको उनको भनाई छ ।

गर्भ पतन गराए पछि अहिले पाठेघर पाक्ने, फोहोर जम्मा हुने समस्या भए पछि त्यसैको उपचारका लागि श्रीमानले नै एक हप्ता अघि अस्पताल ल्याएको उनले बताईन ।
अवस्था जटिल बने पछि केही दिन आईसियु मा पनि बस्नु परेको उनको भनाई थियो । अहिले त्यो सबैको खर्च करिव ५०/६० हजार भन्दा धेरै अस्पताललाई तिर्न बाकी रहेको सबिनाले बताईन ।
श्रीमान भने अस्पताल ल्याएर पैसा लिन भनी गएको तर अहिले सम्पर्क बिहिन भएको सबिनाको भनाई छ ।

सबिनाकि दुई वर्षीय छोरी पनि रहेकी छिन । सबिनाले १८ बर्षको उमेरमा बिनोदसगँ बिहे गरेकि थिइन । सबिना र बिनोदको घरमा पनि प्राय झगडा हुने गरेको सबिनाकी बहिनी रबिनाले बताईन ।
अहिले अस्पतालमा रबिनाले नै दिदिको स्याहार गर्दै आएकी छिन । बहिनी रबिनाका अनुसार विनोद केही काम नगर्ने, झाड रक्सी खाने बस्ने गर्थे ।
सबिनाले नै मजदुरी गरेर घरपरिवार चलाउदै आएको उनि बताउछिन । विनोद को घरपरिवारले पनि सबिनालाई नराम्रो व्यबहार गरेको बहिनी बताउछिन ।

दोस्रो सन्तान गर्भमा आए पछि सबिना र विनोदले सरसल्लाह गरेर नै गर्भ पतन गराएको उनले बताईन । सबिनाको स्वास्थ्य अवस्था कम्जोर भएसी आई .सी.यु
मा राख्नु परेकोले पैसा लिन जान्छु भनेर बिनोद हिडेको उनको भनाई छ । बिनोद हिडे पछि आफुले सम्पर्क गर्न खोज्दा केही दिन सम्पर्क नभएको उनले बताईन ।
केही दिन पछि सम्पर्क भए पनी पैसा खोज्दै छु टारेको उनको भनाई छ । त्यस पछि भने फेरि बिनोद सम्पर्क बिहिन भएको रबिनाले बताएकी छिन ।

सबिनालाई आई .सी.यु मा ४ दिन राखेर अहिले वाड मा राखिएको छ ।आई .सी.यु पैसा तिर्न ४०/५० हजार बाकी रहेको उनले बताईन ।
आफ्नो घरको आर्थिक अवस्था पनि कमजोर भएकोले औसधि किन्ने पैसा समेत नभएर आफुले आफ्नो मोबाइल समेत बेचेर औसधि किन्नु परेको बहिनी रबिनाले बताईन ।

विनोद को घरपरिवार अहिलेसम्म बुहारिलाई के कस्तो भयो भनेर अस्पताल आउने त कुरै छैन फोन पनि नगरेको सबिना बताउँछिन ।
आफू यस्तो अवस्थामा हुदा पनि साथ नदिए पछि अब बिनोद सम्पर्क मा मसँग नआए पनि हुने सबिना बताउँछिन हुन्छ भन्छिन् । तर यदि कुनै समस्याले गर्दा फस्नु भएको
छ भने सम्पर्क मा आउन आग्रह पनि गरिन ।

भिडियो हेर्नुस :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!