कपासको घोडा बनाएर उनीहरू बेच्न हिँडे। गाउँगाउँ डुल्न थाले। तर, एउटा पनि घोडा बिकेन। हिँड्दा`हिँड्दै उनीहरू राजाको दर|बारमा पुगे। ‘घोडा उड्न सक्छ’ भन्ने थाहा पाए|

पछि राजाले आफ्नो छोराका लागि उनीहरू`सँग भएका सबै घोडा किन्यो।गाउँमा सिकर्मी`हरूको मात्र बस्ती थियो। उनीहरू कहिले खटपल्क, कहिले खटिया, कहिले पहिया (काठको पांग्रा), कहिले फाटक ढोका बनाउँथे।

आफ्ना यिनै उत्पादन बेचेर गुजारा चलाउँथे।गाउँका सिकर्मी`मध्ये एकजना भने निकै अल्छी थियो। उसको एक मात्र काम थियो, दिनभरि सुत्नु। उसकी श्रीमती भने दिन`भर काममा खटिन्थी।

ढिकीमा धान कु`ट्थी, भात पका`उँथी, मेला जान्थी। ऊ जहिले पनि काम गरिर`हेकी हुन्थी। उता श्रीमान् चाहि खाने र सुत्ने`बाहेक तेस्रो काम गर्दैनथ्यो।

एक दिन होइन, दुई दिन होइन, हरेक दिन उसको यस्तो चाला देखेर श्रीमती`लाई खूब रिस उठ्थ्यो। एक दिन सहि`नसक्नु भएर श्रीमतीले श्रीमान्को झाँ`को झारी।

तथा`नाम भनी– ‘अरूका बूढा कति धेरै काम गर्छन्, बेलुका कुखुराको मा`सु ल्याएर मीठो–मीठो खान्छन्। यस`लाई हेर, दिनभरि सुत्नेबाहेक अरू काम छैन।’

श्रीमतीको गा`लीमा पनि सिकर्मी रिसा`एन। बरु उसले हाँसेर भन्यो, ‘जा एक बोरा कपास लिएर आइज, म त्यसको उड्ने घोडा बनाइ`दिन्छु। बेच्न जाउँला। अनि, खाउँला रातो भाले`को मा`सुसँग भात।

’कपासको घोडा बनाएर उनीहरू लामो कडिँया डन्डीको दुई छेउमा झुण्ड्याएर बेच्न हिँडे। गाउँ`गाउँ डुल्न थाले। धेरै टाढा अन्जान ठाउँ`सम्म पुगे। तर, एउटा पनि घोडा बिकेन।

हिँड्दा`हिँड्दै उनीहरू राजाको दरबारमा पुगे। ‘घोडा उड्न सक्छ’ भन्ने थाहा पाएपछि राजाले आफ्नो छोराका लागि उनीहरू`सँग भएका सबै घोडा किन्यो। सिकर्मी बूढा`बूढी एकदमै खुशी भए।

राजकुमार दिन`भरि ती घोडासँग खेल्न थाल्यो। खेल्दाखेल्दै आफैँसँग राजकुमार सोधिरहेको हुन्थ्यो, ‘यो घोडा कसरी उड्छ र’ सिकर्मीले उसको कुरा सुनेपछि ‘घोडा`लाई मैदानमा लगेर ‘हावासँगै

मलाई उडाएर लैजा’ भन्नू यो आफैँ उड्नेछ’ भनेर मन्त्र सिकायो। राज`कुमारले खुल्ला चौरमा लगेर ‘हावासँगै मलाई उडाए`र लैजा’ भनेको मात्र के थियो, बिस्तारै–बिस्तारै घोडा माथि–माथि उड्न थाल्यो।

राजकुमारलाई घोडा उडाउन त आउँथ्यो, तर फर्काउने मन्त्र उसले जानेको थिएन। उड्दाउड्दै राज`कुमारलाई लिएर घोडा अर्कै राज्यमा गएर रोकियो।

लामो बाटो कटि`सकेकाले राजकुमार`लाई आफ्नो घर कता पर्छ भन्ने ज्ञान थिएन। दिन बित्दै गयो। घर जान नसके`पछि ऊ नयाँ ठाउँमा नोकरी खोज्न थाल्यो।

कतै पनि नोकरी नपाएर भौँतारि`रहेको बेला ऊ त्यहाँको राजाको दर`बारमा पुग्यो। जागिरका लागि आग्रह गर्दा उसले आफू अर्को राज्यको राजकुमार भएको बताएन।दयालु स्वभावको राजाले उसले गर्न सक्ने कामबारे सोध्यो।

‘अरू काम छैन। हुक्का भर्ने काम छ। गर्छौ ?’‘हुन्छ।’ राज`कुमारले राजाकोमा काम गर्न सुरु गर्‍यो। दिन`भरि बैठकमा व्यस्त हुने राजाका लागि बिहान र बेलुका हुक्का भरेर दिनु उसको काम हुन थाल्यो।

राजाकी सुन्दर छोरी, त्यो राज्यकी राज`कुमारीसँग पनि राज`कुमार बिस्तारै परिचित भयो। दरबारमा राज`कुमारीसँग उसको आँखा जुध्थ्यो। दिन प्रतिदिन नजिकिँदै जाँदा उनीहरूबीच माया बस्छ।

राज`कुमारीले राजकुमारलाई बिहे गर्ने प्रस्ताव राखी। तर, राजकुमारले ‘म त नोकर हुँ’ भनेर आफूसँग बिहे हुन नसक्ने बतायो। राज`कुमारीले आफ्ना बुबा राजासँग आफैँले कुरा गर्ने भनी।

राजकुमारीले राजालाई आफ्नो र राजकुमारको प्रेमबारे सबै कुरा बताई। दयालु राजाले उनीहरूको प्रेम स्विकारे। उनीहरूको बिहे भयो। बिहेपछि राजाले उनीहरूका लागि अलग्गै महल बनाइ`दियो।

उनीहरू त्यहीँ बस्न थाले। केही समयपछि राजकुमारी गर्भवती भई। उसले छोरा जन्माई।पहिलो छोरा हिँड्न, दौडन सक्ने भएपछि राज`कुमारी दोस्रो पटक गर्भवती भई। राजकुमारीलाई अब राजकुमारको घर जान मन लाग्यो।

‘अब हामी तपाईंको घर जाऔँ, सधैँ यहाँ बस्नु ठीक हुँदैन,’ राजकुमारीले भनी। तर, राज`कुमारलाई आफ्नो घर जाने बाटो थाहा थिएन। उता राजकुमारीले जिद्दी गरिरही।केही जोर नचलेपछि राजकुमार कपासको घोडा लिएर मैदानमा गयो।

परिवारका सबै`लाई बसालेर ‘हावासँगै मलाई उडाएर लैजा’ भने। घोडा माथि उड्न थाल्यो।जाँदाजाँदै सात समुन्द्रको बीचमा पुगेपछि राज`कुमारीलाई बेथा लाग्यो। नजिकै टापू देखियो।

घोडा रोक्ने मन्त्र नजान्ने राज`कुमारले घोडाको लगाम जोड`जोडले तान्यो। लामो प्रयास`पछि घोडा टापूमा रोकियो।राजकुमारी र छोरा`लाई छाडेर राजकुमार आगो खोज्न घोडामा चडेर उड्यो।

आगो लिएर आउँदा घोडाको पुच्छरमा आगो लाग्यो र घोडा जल्यो। राजकुमार समुन्द्रमा खस्यो।माछा मा`र्दै गरेको कुलबुतिया (माझी)ले राजकुमारलाई देख्यो। पानीमा डुबिरहेको राजकुमारलाई बचायो।

पानीबाट निस्किएपछि राजकुमारले आफ्नो परिवारलाई वरपर खोज्यो। तर, राजकुमारी र छोरा भएको ठाउँमा पुग्न सकेन।राजकुमारीले टापूमै अर्को छोरा जन्माई। यता राजकुमार छटपटायो, उता राजकुमारीको बिजोग थियो।

खानेकुरा केही थिएन। बच्चाहरू भोकले कराइरहन्थे।समुद्रमा दैनिक डुंगामा बसेर एउटा चुरा बेच्ने मान्छे (मन्ह्यार) आउने गथ्र्यो। उसले चुरासँगै भुजा (भुटेको मकै) पनि बेच्थ्यो।

उसको हातमा रहेको भुजा देखेर राजकुमारीको छोरा भुजा खाने भन्दै रु|न थाल्यो।राजकुमारीसँग किन्नलाई पैसा थिएन। मन्ह्यारसँग उसले थोरै भुजा मागी। तर, उसले दिन मानेन।

राजकुमारीले बिन्ती गरेपछि उसले ‘डुंगामा आएर आफैँ लिएर जाऊ’ भन्यो। लिन जाँदा राजकुमारीको हात तानेर डुंगामा जब`र्जस्ती चढाएर लग्यो। समुद्रको बीचमा नाबालक छोराहरू मात्रै रहे।

राजकुमारीले रोइ`कराइ गरी।बालकहरूको रु`वाइ सुनेर एक जना बूढी महिला उनी|हरूको नजिक आई। ऊ सधैँ त्यही बाटो हुँदै बजारमा सामान बेच्न जान्थी। बूढीले ती बच्चा रोइरहेको देखेर आफ्नो घरमा लगी।

उनीहरूलाई हुर्काउन थाली।ती बच्चा जवान भएर काम गर्न थाले। बूढी आमैलाई पाल्नका लागि नोकरी खोजे। काम खोज्दा आफ्नो आमालाई भगाएर लैजाने मन्ह्यारको घरमा पुगे।

तर, सानैमा बिछोडिएकाले उनीहरूले आफ्नी आमालाई चिनेनन्।मन्ह्यारले उनीहरूलाई रातभरि घर हेर्नुपर्ने काम दिएको थियो। हरेक रात कान्छोलाई निन्द्रा लाग्न थालेपछि जेठोले आफ्नो भाइलाई कहानी सुनाउँथ्यो।

एक रात भाइ उँघ्न थालेपछि दाइले भन्यो, ‘सधैँ मैले तँलाई अरूको कथा सुनाएँ। आज म तँलाई आफ्नै घरको कथा सुनाउँछु।’उसले कथा भन्न थाल्यो–‘हाम्रो बुबाको कपासको घोडा थियो।

त्यो घोडामा चढेर आकाशमा उड्दै बुबा हाम्रो मामाघरमा पुग्नुभयो। त्यहाँ आमा र बुबाको माया बस्यो। त्यसपछि उहाँहरूको बिहे भयो। म त्यहाँ जन्मिएँ। तँ गर्भमा थिइस्।

त्यसपछि आमाले बुबालाई हाम्रो घरमा जान अनुरोध गरेपछि बुवाले हामीलाई घोडामा बसालेर लैजाँदै गर्दा तँ जन्मिन थालिस्।अनि, बुबाले घोडालाई एउटा टापूमा बसाल्नुभयो।

आगो लिन जाँदा घोडामा आगो लागेर बुबा उतै समुद्रमा हराउनुभयो। आमालाई एउटा मान्छेले समातेर लग्यो। अनि, तँ र म मात्र रह्यौँ। त्यसपछि हामीलाई पाल्ने यी बूढी आमैले हामीलाई लिएर आउनुभयो।

अब हाम्री आमा उनै हुन्। हामीले उहाँको सेवा गर्नुपर्छ।’’हरेक दिन उनीहरूको कथा बन्धक भएकी राजकुमारी ९उनीहरूकी आमा० ले सुनिरहेकी हुन्थी। तर, उसलाई ती आफ्ना छोरा हुन् भन्ने थाहा हुँदैन।

त्यस दिनको कथा सुनेर भने उसले थाहा पाई। आफ्ना छोराहरूको अवस्था थाहा पाएर रुन थाली। तर, उसले ‘म तिमीहरूको आमा हुँ’ भन्न सकिन।उसको मनमा कुरा खेल्यो– ‘छोराहरूले यस्तो दुःख गरेको

हेर्नुभन्दा यिनीहरू मरे`कै जाती ’ बाल्यकालमा आफूले माया दिन नसकेर अलपत्र बनेका छोराहरूले आज दुःख झेल्नुपरेको देख्दा उसलाई नमज्जा लाग्यो। मन्ह्यारलाई ‘मलाई नोकरहरू मन परेनन्’भन्दै आफ्नै दुई छोरालाई मार्न आग्रह गरी।

मन्ह्यार राजी भयो।उसले राति नै उनीहरूलाई फाँ`सी दिने ठाउँमा लिएर गयो। फाँ`सी लगाउने ठाउँमा राजकुमार (उनीहरूको बुबा) काम गथ्र्यो। बुबा र छोराहरू आमनेसामने हुँदा पनि एकअर्कालाई चिनेनन्।

राजकुमारले सोचे– ‘यति राम्रा बच्चा छन्। यिनीहरूलाई मा|र्नुभन्दा पहिले यिनी`हरूको कुरा त सुनौँ।’‘तिमीहरूले के गल्ती गर्‍यौ र, यसले मा|र्न ल्यायो’ बच्चाहरूसँग उसले सोध्यो।

‘हामीले केही गल्ती गरेका छैनौँ,’ बच्चाहरूले भने।दाजुभाइले आफ्नो कथा राज`कुमारलाई सुनाउन थाले।राज`कुमारले उनीहरू आफ्ना सन्तान भएको थाहा पाए।

मन्ह्यार`लाई ‘तपाईंकी बूढीलाई लिएर आएपछि फाँ`सी दिउँला’ भन्दै पठाए। उसले बन्दी बनाएर राखेको राजकुमारीलाई लिएर आयो। राज`कुमारी आएपछि भने राज`कुमार र दुई छोरा`हरूको पनि परिचय खुल्यो। राज|

कुमारीलाई बन्धक बनाएको र आफ्नो परिवार ध्व`स्त पारिदिएको भन्दै सबै मिलेर मन्ह्यारलाई फाँ`सीमा चढाइदिए।लामो समयपछि परिवार`को मिलन भयो। सबै जनाको हर्षको सीमा रहेन। राजकुमार परिवारलाई लिएर दरबार फर्कियो। आफ्ना सन्तानको

लालापालन गर्ने बूढीलाई पनि राजकुमारले दर`बार लग्यो। सबै जना खुशी र सुखी भएर बस्न थाले। यो कथा अन्नपूर्ण पोष्टको अनलाइन संस्करण बाट लिईएको हो । संकलन – इन्द्र चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!