पछिल्लो समय चिया बेचेर एकदमै भाइरल भएकि सृष्टि र त्यश लगत्तै सरिता केसि पछि अहिले यी १६ बर्षिय नानि पनि यततत्र चारैतिर सामाजिक संजाल भरिनै छाएकि छिन् ।
उनी अहिले कक्षा दशमा अध्ययनरत छिन् । उनका दुई दिदी र भाइ सहित ५ जनाको परिवार छ तर बुवाले भने सानैमा छोडेर गएको उनी बताउँछिन् ।
छोरिनै छोरी भएपछि बुवाले आफुहरुलाई छोडेर गएको उनी बताउँछिन् ।बुवा हुदा आफ्नो डाक्टर बन्ने सपना थियो तर बुवाले यसरी छोडेर हामी सबैलाई बेसहारा बनाएर
हिडेपछि आफ्नो अहिले केही बन्ने पनि सपना नभएको र शिक्षकसम्म बने आफुलाई पुग्ने उनी बताउँछिन् । जब घरको मुल खम्बा पिताबाटै घात भएपछि आखिर सपनाले पनि घुडा टेक्दो रहेछ ।
आफ्नो आमाले पनि सामान्य पसल गर्ने गरेको र आफुले भने लगभक ६ बर्षदेखि चिया बेच्दै आएको उनी बताउँछिन् ।
चिया बेच्दै गर्दा कहिलेकाही केटाकेटिले बनाएको चिया फोहोर हुने भन्दै नखाने र कतिलाई आफुलाई खाइदिनु भन्दै कर गर्नु पर्दा आफुलाई धेरै गाह्राे हुने उनी बताउँछिन् ।
आफुले चिया नै बेचेर घरको सबै खर्च र आफुलाई आवश्यक परेको सबै कुराहरु किन्न सक्षम भएको उनी बताउँछिन् ।
उनी जति सानि छिन् त्यति नै बुद्धिजीवी र जिम्मेवार छिन् ।उनी एकदमै राम्रि छिन् र भाईको साथमा चिया बेच्दै आएकि छिन् ।
अरुहरुले चिया बेचेर लाखौ कमाउछौ भने पनि आफ्नो भने कहिलेकाहि सय रुपैया पनि नहुने गरेको उनी दुखि हुँदै बताउँछिन् ।
हेर्नुस् भिडियो सामाग्री
केही दिन देखि काठमाडौको असन क्षेत्रमा चिया बेच्दै हिड्ने सरिता सामाजिक संजालमा निकै भाइरल बनेकी छिन ।
उनले थर्मसमा चिया बोकेर पसल पसलमा चिया बेच्दै हिडेको फोटो तथा भिडियो निकै भाइरल बनेको छ अहिले सामाजिक संजालमा ।
रुपमा पनि निकै सुन्दर देखिने २२ वर्षकि सरिता उदयपुरकि हुन । उनी बिगत ५ बर्ष काठमाडौ बस्दै आएकी छिन । अ
ध्ययनको शिलशिलामा काठमाडौ बस्दै आएकी सरिता अहिले चिया बेचेरै मासिक लाख रुपैया भन्दा धेतै कमाउछिन ।
सरिता बिगत १ बर्ष देखि यसरी चिया बेच्दै आएकी छिन । उनले अगिले भाइ सुजनको अध्ययन खर्च आफैले गर्दै आएकी छिन भने आफुले कमाएको पैसा घर पनि पठाउछिन ।
२० बर्ष को उमेर देखि कुनैपनिकाम पनि सानो ठुलो हुदैन भनी अध्यय सँगसँगै चिया ब्यापार थालेको सरिता बताउँछिन ।
सानो लगानि मै हुने चिया व्यापार सुरु गरेको पहिलो दिनमा ३२० रुपैयाँको व्यापार भए पछि केही हुने रहेछ भन्ने लागेर आफुले यसलाई निरंतरता दिएको सरिता बताउँछिन ।
सरिताको कोठामा हेर्दा चिया बोक्ने थर्मसको लाइन नै देखिन्थ्यो । साथै चिया बनाउने भाडाहरु पनि देखिन्थे ।
कोठामै चिया बनाएर थर्मसमा बोकि उनी बिहान र बेलुका करिव ६ घण्टा चिया बेच्न हिड्ने गरेको बताउँछिन ।
अहिले आफुले दुधचिया र कालो चिया गरि दैनिक करिव ४०० कप चिया बेच्ने गरेको सरिता बताउछिन् ।
सुरुवाती केही महिना दैनिक २०० कप जति बिक्री हुने गरेको उनी बताउछिन । सुरुवाती समय आफू बसुन्धरा क्षेत्रमा चिया बेच्ने गरेको बताईन ।
अहिले असन तथा बसन्तपुर क्षेत्रमा आए पछि भने व्यापार पनि निकै बढेको उनी बताउँछिन ।
बसन्तपुर तथा असन क्षेत्र काठमाडौको निकै भिडभाड हुने ठाउँमा पर्दछ म त्यसैले पनि यहा व्यापार राम्रो भएको सरिता बताउँछिन ।
आफ्नो भाइ सुजन सगैँ सरिता अहिले बस्दै आएकी छिन । भाइ सुजनले पनि आफ्नो काममा आफुलाई हौंसला दिने गरेको बताउछिन ।
अहिले सुजन पनि दिदिलाई काममा सहयोग गर्दै आएका छन । सरिताले लिएर गएको चिया सकिए पछि सुजन चिया पकाएर सरिताले बोलाएको ठाउँ सम्म लग्दिने गर्ने गरेको सुजन बताउँछन ।
दिदी बिहान बेलुका चिया लिएर गए पछि कोठामा खाना पकाउने लगायतका काम सुजले नै गर्दै आएको बताउँछन ।
दिदिले आफ्नो हरेक ईच्छा पूरा गर्दिने गरेको सुजन बताउछन् । अहिले आफ्नो व्यापार खर्च महिनाको १ लाख लाग्ने सरिता बताउछिन ।
त्यसमा नाफा १ लाख बराबर बस्ने गरेको उनले बताईन । आफुले पकाएको चिया नायक अनमोल केशीलाई खुवाउने रहर भएको सरिताले हास्दै सुनाईन ।
चिया पिएर अनमोलले कस्तो प्रतिक्रिया दिन्छन त्यो सुन्न मन भएको उनको भनाई छ । ( भिडियो हेर्नुस)