मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ स्थित , एकजना १५ बर्षिय नाबालिका जो छिमेककै मामा पर्ने बैँस युवकसग भागेकि छिन् ।एकमहिनाबाट सम्पर्कमा नआएसगै हराएका

उनिहरु कहाँ छन् के गर्दै छन् जिउदै छन् या छैनन् भन्ने पिरले परिवारलाई एकदमै धेरै पिर दुख दिरहेको छ ।पुर्व बिहेमा पठाएको छोरी उतैउतै केटासग भागेकि थिइन ।

सुमना दनुवार जो भरत विकसग भागेकि हुन् ।भारत घर भएका भरत बिक दिदिकोमा बस्दै आएका थिए ।दुई बर्षदेखि दिदिकोमानै बस्दै आएका उनी मामा र

भान्जि भन्दै एक अर्कासग नजिकिएका थिए ।९ मा अध्ययनरत सुमना र मामा भनिने भरत बिच देखिने र शंका गर्ने हिसाबमा बाहिरि कुरा पनि नआएको र

मामा भान्जिको सम्बन्ध भएपछि आफुरुले शंका गर्ने सम्म पनि सोचनै नगएको उक्त परिवार बताउँछ।

छोरिको खोजि पुर्व मोरङ देखि झापा बिराटनगर इटहरि झोराहट सबैतिर गरियो ,नेपालमा मात्रै नभएर केटाको घर भारतसम्म पनि गएर खोजियो तर काहीँ

कतै पनि भेटिएन, भारतमा घरकाले भने यहाँ भारत त्यसरि आउनै नसक्ने र यदि आइहाले आफुहरुले जिम्मा लगाइदिने बताएपछि आश र बिवसता दुबै सगै लिएर फर्किन बाध्य भयो उक्त परिवार ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/LHOQ6ZlUNa4

यस्तै काठमाडौं, पुस २३ – काठमाडौं महानगरपालिका-६ बौद्ध फैकास्थित राधाकृष्ण मन्दिर नजिकै सँगै बस्दै आएका युवक–युवतीको कोठामै मृत फेला परेका छन् ।

कपन प्रहरीको अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी राई र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । प्रहरीको अनुसार उनीहरु केही समयदेखि ‘लिभिङ टुगेदर’मा बस्दै आएका थिए ।

घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको र आफूले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । प्रहरीको अनुसार युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट छ ।

युवती नग्न र केटा अर्धनग्न पल्टिरहेका अवस्थामा भेटिएकाे प्रहरीले जनाएकाे छ । केटाको ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पताल पुर्याएपछि उनको मृत्यु भएको थियो । घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको छ ।

अनलाइन खेल प्लेयर्स अननोन्स ब्याटलग्राउन्ड ‘पब्जी’ खेलबाट साथी बनेका जिमी र राई सँगै बस्न थालेको २०/२२ दिन मात्र भएको पाइएको प्रहरीले बताएको छ । बिहीबार साँझ जिमीकी आमासँगै खाना खाएर आफ्नो कोठामा बसेका उनीहरुबीच के/कसरी घटना घट्यो भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।

‘कोठाभित्र हानाहान भएको जस्तो आवाज आएपछि युवककी आमाले ढोका खोलेर हेर्दा घटना घटेको पाइएपछि प्रहरीलाई खबर आएको हो,’ उनले भने । घटनाको प्रकृति हेर्दा युवकले युवतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेको जस्तो देखिएको प्रहरीको दाबी छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!