कमला आचार्यको घटना सेलाउन नपाउदै बिहेपछि गर्भवती भएकि महिला झु न्डिएको अवस्थामा फेला परेको छ ।प्रेम सम्बन्ध पश्चात् बैवाहिक जिवनमा बाधिएकि झापाकि २५

बर्षिय बिद्या उप्रेती भट्टराई आफ्नै कोठाभित्र घुडा टेकेको अवस्थामा झु न्डिएको अवस्थामा भेटिएकि हुन ।

श्रीमान बिभेक र सासुले पटकपटक दाइजो नल्याएको भन्दै मानसिक मात्रै नभएर शारीरिक टचर दिएको पिडित पक्ष बताउँछ ।बिद्या आमा बन्न मात्रै एक महिना बाकि थियो ।

९ महिनाको बच्चासगै उनी आधा शरीर खाटमै लत्रिएको अवस्थामा पा सो सहित भेटिएकि हुन् ।

आफू पिसाब फेर्न बाहिर निस्किएको र त्यस समय श्रीमतिले भित्रबाट चुक्कुल लगाएको र यस्तो घ टना घ टाएको श्रीमान बिभेक बताउँछन् ।

दाइजो नल्याएको मात्रै हैन देवरकोसम्म पनि लुगा धुइदिनुपर्ने घरमा शासन भएको र अत्याधिक पीडा दिएको र यस्तो घ टना घटा उने पनि घरकै परिवार भएको पिडित पक्ष बताउँछ ।

घ टना यश कारण पनि रहस्यमय बन्दै गइरहेको छ कि मान्छे यदि झु न्डिन्छ भने म र्नकालागि थोरै ठाउँ ग्याप अथवा खालिहुनुपर्छ तर श व खाटमै आधा शरीर लत्रिएको अवस्थामा फेला परेको थियो ।

उक्त घ टना पश्चात् श्रीमान सासू आमा देवर सबै पन्छिन र सम्पर्कमा आउन नखोजेको र घ टनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कार्वाहि गरिनुपर्ने पिडित पक्ष बताउँछ ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/c3rYpW5JUWo

गाउँमा विवाह हुने भएपछि सहयोगका लागि राप्तीसोनारी गाउँपालिका–४, की दुर्गा थारु गाउँ नजिकैको गौरी सामुदायिक वनमा पात टिप्न गइन्। एक्लै जंगल गएकी उनी पात टिप्दै थिइन्।

सुनसान जंगलमा सामान्य आवाज आयो। त्यो आवाज मान्छेको थिएन, कुनै जनावर हिँडिरहे जस्तो थियो।

उनी अलि चनाखो बनेर पात टिप्दै थिइन्। एक्कासी बाघ आएर उनको हातमा झम्टियो। घना सुनसान जंगलमा बाघले आक्रमण गर्दा उनलाई डर मात्रै लागेन, सहास पनि बटुलियो।

‘बाघले झम्टियो। मनमनै डर त थियो,’ उनले भनिन्, ‘तर जसरी पनि बाँच्नु छ। हातमा भएको हँसिया (आँसी) ले हानेँ।’ अर्काे हात झम्टियो।

उनले प्रतिकारका लागि बाघको पन्जासमेत समातिन्। ‘दुई/तीन पटक लगातार हानेँ। पछि छोड्यो। निकै डर लाग्यो। चिच्याएँ। अनि त्यहाँबाट भाग्न सफल भएँ,’ उनले भनिन्।

उनको दुवै हातको कुहिनामा चोट लागेको छ। बिहान साढे ११ बजे थारुलाई आक्रमण गरेको बाघले दिउँसो २ बजेतिर भने बयर जातको बोकालाई मारेको वडा नम्बर ४ का वडा सचिव नारायण बिष्टले जानकारी दिए।

उनका अनुसार बाघको आक्रमणबाट बाँच्न सफल थारुको राप्तीसोनारी अस्पतालमा सामान्य उपचारपछि घर फर्काइएको छ। उनले स्थानीय अर्जुन बस्नेतको बयर जातको ७० किलोको बोकालाई बाघले मारेको जानकारी दिए।

यो खबर बुधबार बिहानको हो। बाँकेस्थित राप्तीसोनारी गाउँपालिका–४ मा खल्टेपानी भन्ने स्थानमा बाघले उनीमाथि आक्रमण गरेको थियो। बाघसँगको लडाइँपछि उनी बाँच्न सफल भएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!