जिन्दगी शोभा सुनुवारको जस्तो लाउलाउ खाउखाउ भन्ने यो २० बर्षको उमेरमा यसरी कसैले पनि बिस्तारामा सुत्नु नपरोस् ।
भोलि के हुन्छ कस्लाई के नै थाहा छर ।शोभाले १४ बर्षको उमेरसम्म जिन्दगी राम्रै बिताइरहेकि थिइन ।तर अहिले शोभाको जिन्दगी सगै सबै सपना पनि चकनाचुर भएको छ ।

घरमा आमा र सानो भाइ छ र बुवाले संसार छाडेको पनि बर्षदिन मात्रै भयो ।शोभा पलपलमा रुन्छिन् आफ्नो यो कहालिलाग्दो जिन्दगी सम्झेर र आफुलाई अलिकति पनि बाच्न मन नभएको उनी बताउँछिन् ।
उनको रात र दिन सधै रोएरै बितिरहेको छ । उनको खुट्टा एकदमै दुख्छन् र त्यहि दुखाइको पीडा होला उनी राम्रोसग पनि बोल्न सक्दिनन् ,खाना आफै खान सक्दिन ,आफै बस्न सम्म पनि सक्दिनन् ।

आफुसगैका साथिहरु कोहि कहाँ कोहि कहाँ पुगिसके र आफू भने सधै बिस्तारामै र हिड्न पनि नसक्दा पढाइ पनि गर्न नसकेको र आफ्नै साथि पनि कहिलेपनि

आफुलाई भेट्न नआउदा आफुलाई हदैसम्मको दुख लाग्ने गरेको उनी रुदै बताउँछिन् ।उनिले जिन्दगीसग हारिसकिन ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/oQ0qLjuJbCI

काठमाडौं, पुस २५ – ७७ वर्षीया एक वृद्धा बलात्कारको घटना आपसी मिलापत्रमा गुपचुप राख्न खोज्ने वडा सदस्यसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिक्षक, पूर्व कर्मचारी तथा वडा सदस्यहरू छन् ।

घोडाघोडी ४ का पूर्व वडासचिव ५३ वर्षीय यज्ञराज आचार्य, वडा सदस्य ५४ वर्षीय लक्ष्मीरुद्र न्यौपाने, वर्ष ५३ का शिक्षक होमप्रसाद सुबेदी , वर्ष ३४ का राजु भट्टराई र जर्बजस्ती

करणी गर्ने वर्ष ३० का प्रकाश सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

मंसिर १५ गते सोही ठाउँकी बृद्धालाई वर्ष ३० का सुवेदीले बलात्कार गरेको प्रहरीको भनाइ छ । घटना बाहिरिने डरले पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेको र पुरै रकम नपाएपछि घटना बाहिर आएको डिएसपी जोशीले बताए ।

‘३ लाखमध्ये १ लाख नदिँदा करिब एक महिनापछि घटना बाहिर आएको हो,’ उनले भने, ‘हामी हामीले घटनामा जोडिएका सबैलाई पक्राउ गरिरहेका छौं ।’

मंसिर १५ गते घटना भएपछि पुस १२ गते मात्रै इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता भएको थियो । बलात्कार गर्ने सुबेदीलाई जबरजस्ती करणी मुद्दामा र अन्य लाई घटना लुकाएको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको कैलाली प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!