भक्तपुरमा दिउसै सुकुम्बासी बस्तिबाट ४ जना बच्चाहरु एकैचोटि हराएका छन् । उनिहरु हराएको २४ घण्टाभन्दा बढि भैसक्दा पनि काहीँ कतै फेला नपरिसकेपछि परिवारले विभिन्न शंका
उपशंकाहरु गर्दै आफ्नो बच्चाले के खाए कहाँ गए कसरी बसे कस्ले लगे र काहा पुर्याइसके कि भन्ने पिरले परिवारलाई हदैसम्म पिरोलिरहेको छ ।

भक्तपुर ठिमी र वरिपरि सारा खोज्दा पनि उनिहरु काहि कतै पनि फेला नपरेको चार परिवार ले बताउदै आएका छन् । हराउनेमा ७ बर्षदेखि १० बर्षका बच्चाहरु छन् ।
पुलिस प्रशासनलाई खबर गर्दा तपाईहरु पनि खोज्नुस् हामी पनि खोज्छौ भनेतापनि सक्रिय रुपमा नलागिदिएको पिडित पक्षको गुनासो छ ।

१५ बर्षिय त्यहि बस्तिका एक बालकले सबैलाई घुमाउन लग्ने भन्दै सबैलाई लिएर हिडेको र जादैगर्दा देख्ने प्रत्यक्षदर्शी पनि भएको पिडित पक्ष बताउँछ तर निश्चित तिनै बालकको ललाइ फकाइमा नै

हिडेको भन्ने निश्चित ठोस प्रमाण छैन । ती हराएका बच्चाहरु तपाईं हाम्रो गाउघर छिमेक यात कतै पनि हुनसक्छन् यदि कसैले देखिहाले नजिकैको चौकिमा सम्पर्क गरिदिनुहुन पनि हामी बिनम्र अनुरोध गरौ ।

हेर्नुस् भिडियो सामाग्री https://youtu.be/BzjAmV8M3gw

कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो ।

घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो।

मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उनले बताए । यो मन्दिरमा भेडाको बलि दिइने र परेवा उडाइने गरिन्छ ।

अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिए । बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला
भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए। आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ।

यस्तै,,कपिलवस्तु जिल्लाको बाणगंगा १ वैरीयाका बरिष्ठ लालमणि न्यौपानेको मृ’त्यु भएको छ । पुर्व ब्रिटिस आर्मी दोस्रो बिश्व युद्ध समेत लडनु भएका न्यौपानेको १०२ बर्षको उमेर आज मृ’त्यु भएको हो ।

जागिरको अवकाशपछि बाणगंगामा नेपाली कागेंसको सगंठन मजबुत पार्न उहाले उल्लेखनीय भुमिका खेलेको समाजसेवि डोलकराम घिमिरेले बताए । उहाँले दर्जनौ सघं सस्थामा आवद्ध भई नेतृत्वदायी भुमिका
निर्वाह गर्दै सक्रिय राजनिति र सामाजिक क्षेत्रमा काम गर्नु भएको थियो ।

उहाको जन्म बि.स. १९७६ साल जेठ ५ गते शितगंगाको सिमलपानीमा भएको थियो । उहाँका २ भाई छोरा र २ छोरी रहेका छन । उहाँ कपिलवस्तु जिल्लाकै जेष्ठ नागरिकका रुपमा समेत परिचित हुनुहुन्थ्यो ।
उहाँको पार्थिव शरिरलाई भोली बिहान ७ बजे अ’न्त्येष्टी गरिने परिवारले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!