देउखुरीको सिसहनियाँमा यात्रुबाहक बस दु’र्घटना भएको छ । विहान ३ ः ३५ बजेको समयमा पुर्व पश्चिम राजमार्ग अन्तरगत लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँ स्थित दालाई खोला नजिक
विरगञ्जबाट सुर्खेतजाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुवाहक बस दु’र्घटना हुँदा बसमा सवार ९ जना यात्रु घा’इते भएका छन् । भने ९ महिने शिशुको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय दाङले जानकारी दिएको छ ।
बसमा सवार अन्य घा’इते हुनेहरुमा पर्सा जिल्ला विरगञ्ज उपमहानगरपालिका १६ बस्ने वर्ष ३५ का रतन शाही,रौतहट जिल्ला पुर्वाह गाउँपालिका ६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारत जिल्ला विहार बस्ने वर्ष ४० का
सन्सात खातुन,सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला सिन्चु नगरपालिका ९ बस्ने वर्ष १७ का दिलबहादुर क्षेत्री रहेका छन् । अन्य घा,इतेहरुमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका १ बस्ने वर्ष ३८ का पुर्णप्रसाद पाण्डे,
बाँके जिल्ला कोहलपुर नगरपालिका १८ बस्ने वर्ष ३५ की शान्ता वली,हुम्ला जिल्ला तातोपानी गाउँपालिका ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घा,इते भएका छन् ।
मृ,त्यु हुनेमा भारत जिल्ला मोतीहार बस्ने असिर आलकका छोरा नानु आलमको म,त्यु भएको छ । यस्तै,,बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाइरहेको मान्छे खाने बाघ नियन्त्रण गर्न प्राविधिक टोली खटिएको छ। बाघलाई
नियन्त्रण गर्नका लागि चितवनबाट प्राविधिक टोली सोमबार बेलुका राप्तीपारि पुगिसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार उक्त टोलीमा तीन जना प्राविधिक कर्मचारी छन्। बाघलाई नियन्त्रण गर्नका लागि टोली राप्तीसोनारी गाउँपालिकाको फत्तेपुरमा पुगिसकेको छ। फत्तेपुरको मेमानपुरस्थित सबडिभिजन वन कार्यालयमा शिविर खडा गरेर
प्राविधिक टोली बाघ नियन्त्रणको काममा खटिएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख कँडेलको भनाइ छ। बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ। यसअघि राप्ती सोनारी–१ गाभर र नरैनापुरमा एक–एक जनाको मृत्यु भएको थियो।
बाघले विगत एक हप्तादेखि राप्तीसोनारीको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आ”क्रमण गर्दै आएको छ। बाघ नि’यन्त्रणमा नआउँदा राप्तीपारिका स्थानीय बासिन्दा निकै त्रसित भएका छन्।
बाघको आ”क्रमणबाट शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारू र बिहीबार राप्ती सोनारी–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको मृ’त्यु भएको थियो।
प्राविधिक टोलीलाई डिभिजन वन कार्यालय र बाँके राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी, सशस्त्र वनरक्षक तथा नेपाली सेनाले पनि सहयोग गर्नेछन्। बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले विगत चार दिनदेखि राप्तीपारि क्षेत्रमा
दुईवटा हा’त्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ।