Thursday, December 1
Shadow

स्वस्तिमा खडकाको आईटम डान्स रहेको दक्षिण भारतीय फिल्मको पुरा गीत रिलिज ( भिडियो सहित )

नेपाली नायिका स्वस्तिमा खड्का अभिनित दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ‘रङ्ग बिरंगि’ बोलको गीतको पुरा भिडियो सार्वजनिक भएको छ।

गीत सायना म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो। गीतमा स्वस्तिमा खडका आईटम गर्ल डान्सरको रुपमा देखिएकी छिन। फिल्मको ट्रेलर केहि दिन अगाडि रिलिज भएको थियो भने ‘रङ्ग बिरंगि’ बोलको गीतको टिजर पाँच दिन अगाडि रिलिज भएको थियो।

पूरा फिल्मा स्वस्तिमाको अभिनय छ या छैन अथवा कति छ अनुमान लगाउन नसकेपनी ‘रङ्ग बिरंगि’ बोलको यो गीतमा भने स्वस्तिमालाई आईटम गर्ल डान्सरको रुपमा देखाईएको छ। गीतमा स्वस्तिमा संगै बिबिन जर्ज, जोनी एन्टोनी , धर्मजान बोलगट्टी लगाएतका कलाकार देख्न सकिन्छ।

सुनिधी चौहानको स्वर रहेको गीतमा बिबेक मुहाखुन्नुको शब्द रहेको छ भने श्रीजिथ एदाभनाको संगीत रहेको छ। भिडियोको कोरियोग्राफी भने दिनेश मास्टरले गरेका छन।पछिल्लो समय नेपाली कलाकारहरुले अन्तर्राष्ट्रिय कला क्षेत्रमा पनि धेरैले काम गर्ने मौका पाईरहेका छन। नेपाली अभिनेत्री स्वस्तिमा खड्काको भूमिका रहेको भनिएको दक्षिण भारतीय फिल्म ‘थिरीमाली’ को ट्रेलर केही दिन अघि सार्वजनिक भैसकेको छ।

मलयालम भाषाको यो फिल्मको ट्रेलर बिहीबार सार्वजनिक भएको थियो। दुई मिनेट ४१ सेकेन्डको ट्रेलर भने ‘सायना मुभिज’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो। यो फिल्म राजीव शेट्टीद्वारा निर्देशित हो भने निर्माण एसके लरेन्सले गरेका हुन्।

ट्रेलरमा नेपालका थुप्रै ठाउँका रमणिय दृश्यहरू देखाईएको थियो। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ। ट्रेलरमा पनि स्वस्तिमा खड्काको ‘आइटम डान्स’ का केही झलकहरू पनि राखिएका थिए।

फिल्म रेट गर्ने आइएमडिबीले थिरिमालीका मुख्य कलाकारको नाम सूचीमा स्वस्तिमा खड्काको पनि नाम उल्लेख गरेको कारण । आईटम डान्स बाहेक पनि स्वस्तिमाको केही अभिनय छ भन्ने आशा राख्न सकिन्छ।कमेडी जनराको यो फिल्म सन् २०२२ मा रिलिज हुने भनिएको छ। फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा पनि सार्वजनिक हुने पनि बताइएको छ।।

https://www.videosprofitnetwork.com/watch.xml?key=e885d58a66f4faab0880780b6e2c6d21

यस्तो छ भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!