September 28, 2022

काठमाडौ । ओखलढुंगामा जिप दुर्घटना भएको छ । आइतवार विहान भएको जिव दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका(३ नारायणस्थानमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ । आइतबार बिहान बोलेरो जिप माथि ढुं गा खसेको थियो । दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु र घटनास्थलमा प्रहरी पुगेको जनाइएको छ ।

मानेभन्ज्याङ गाउँपालिका(१ मोलीदेखि ओखलढुंगा सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको जिपमा ६ जना यात्रु सवार थिए । वाटोमा गुड्दै गरेको बोलेरो जिपमा बाटो माथिबाट ढुं गा खसेर लागेको हो । जिपमा सवारमध्ये सिद्धिचरण नगरपालिका(१ तलुवाका १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिनपा(१ तलुवाकै लक्ष्मी कोइराला र मानेभन्ज्याङ गाउँपालिका(१ मोलीका देवबहादुर श्रेष्ठ र चालक सञ्जीव श्रेष्ठको अवस्था ग म्भी र छ । उनीहरूको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेको अहिले ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । थप उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी पठाउने तयारी भइरहेको छ । सिद्धिचरण नगरपालिकाको गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको बोलेरोलाई गुडिरहेकै अवस्थामा नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुं गा पल्टिएर कि च्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । आज बिहान करिब नौ बजेतिर उक्त दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!