काठमाडौ । बारामा बेहुली लिन हिँडेको रथ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बाराको आदर्श कोटवाल गाउँपालिका(३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना भएको हो । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन्। ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ । रथ प ल्टि एको प्रहरीले जनाएको छ ।

आदर्श कोटवाल(३ कै लक्षुराम महरा चमारको छोरा सियारामको विवाहका लागि रथमा जन्ती जाँदै थियो । सोमबार साँझ सवा ७ बजे दुर्घटना भएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। रथ पल्टिँदा बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका(७ जानकीनगरकी करिब २५ वर्षीया बालकुमारी रामको मृत्यु भएको हो।

ब्राह्म बाबा भन्ने स्थानमा पूजा गरी फर्कने क्रममा जन्ती बोकेको रथ दुर्घटनामा परेको थियो । रथ तीव्र गतिका कारण अनियन्त्रित भई एउटा रुखमा ठो क्कि एको स्थानीयहरूले बताएका छन्। बेहुला भने रथमा नचढेकाले सकुशल रहेको प्रहरीको भनाइ छ। घाइतेहरुको कलैया अस्पतालमा उपचार भइरहेको छ। रथमा क्षमता भन्दा बढी यात्रु चढेको पनि प्रहरीले प्रारम्भिक अनुमान पछि बताएको छ ।

यो पनि, कोभिडको संक्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नियमित कामकाज गरिरहँदा कार्यालयका विभिन्न फाँटमा कार्यरत् कर्मचारीमा कोभिड–१९ प्रमाणित भएको र अन्य कर्मचारीमा समेत कोभिडको लक्षण देखापरेको हुँदा सेवा स्थगन गरेको जनाएको छ ।

अर्को सूचना प्रकाशित नहुँदासम्म कार्यालयको आन्तरिक कामकाजबाहेक मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण कार्य स्थगन गरिएको जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि निर्वाचन कार्यालयले मतदाता नामावली संकलन र अद्यावधिक कामका लागि टोकन प्रणालीमार्फत् कार्य गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!