September 28, 2022

काठमाडौं,माघ १० । कोरोना भाइरस सङ्क्रमणका माझ सार्वजनिक यात्राका बारेमा थुप्रै नयाँ नियम ल्याइएका छन् । कुनै नियम यातायात व्यवसायीको जिम्मामा राखिएका छन् भने कुनै नियम यात्रुहरू स्वयंले पालना गर्नुपर्नेछ।

सरकारले गत शुक्रबार रातिदेखि लागु गरेको नियम उपत्यकाका सवारीसाधनमा केहि अंश मात्र लागु भएको देखिन्छ । जस अन्तर्गत टोखा हुँदै झोर-जगत सञ्चालन हुने छोटो दुरीको सार्वजनिक यातायातमा कोरोना संक्रमणको सामान्य मापदण्ड समेत अपनाइएको पाइदैन । न यात्रुले सामाजिक दुरी कायम गरेका छन्, न त स्यानीटाइजर प्रयोग नै।

पछिल्लो दिनयता जोरबिजोर प्रणाली अपनाइएसंगै संक्रमण न्यूनीकरणमा यस रुटमा सञ्चालित सार्वजनिक यातायातले सामान्य मापदण्डको समेत धज्जी उडाएको हो ।

कुल ११ वटा सार्वजनिक यातायात सञ्चालन हुने यस सडकखण्डमा जोर नम्बर ३ वटा र बिजोर नम्बर ७ वटा बस सञ्चालन भैरहेको सामाखुसी झोर समितिका फिल्ड सुपरभाइजर सिताराम काफ्लेले बताए । सो संख्यामा सञ्चालन हुने सार्वजनिक बसले पिक आवर समयमा अत्यधिक यात्रु भएकाले यात्रुकै सहमतिमा चढाउने गरिएको सुपरभाइजर काफ्लेले बताए । साँझ बिहान यात्रु संख्याको तुलनामा सवारीसाधन बढाउन नसकिएकाले समस्या उत्पन्न भएको उनको भनाइ थियो ।

सोमबार साँझ ५ बजे सामाखुसीबाट छुटेको एक बसमा यात्रु खचाखच देखिन्थे । धेरै जसो कलेज उमेरका विद्यार्थी तथा युवाजमातले भरिएको सो बसमा सीट संख्या भरिएर दोहोरो यात्रु उभ्याइएको थियोे । कोरोना संक्रमणको सामान्य मापदण्ड समेत ख्याल नगरि यात्रु राख्दा कलेज तथा विद्यालय उमेरका युवायुवती चुइक्क समेत नबोली यात्रा गरिरहेका देखिन्थे ।यद्यपि यो बाध्यता भएको सुप्रीम कलेजमा अध्ययनरत एक विद्यार्थीले बताए ।

कतिपय कलेज तथा स्कुलको परीक्षा समेत भैरहेकाले यसरी कोचिएर हिड्नु आफ्नो बाध्यता भएको उनीहरु बताउछन्। हामीलाई कदापि रहर होइन बाध्यता हो, सम्बन्धित समिति र प्रशासनले यस सम्बन्धमा निगरानी बढाउनुपर्ने उनले बताए ।

उता प्रहरीले यसबारे अनुगमनलाई तिव्रता दिइएको बताएका छन्। प्रहरी प्रभाग टोखा शाखाका अनुसार दैनिक कोरोना संक्रमणदर बढ्दै गएकाले उपत्यकाका विशेष नियमन गरिदै आएको बताए । प्रहरीका अनुसार अबको दिनमा थप अनुगमन अगाडि बढाइनेछ । त्यस्को निम्ति व्यवसायी र यात्रु, चालक सबैले गम्भीर हुनुपर्नेछ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!