चितवनमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विषयलाई लिएर भइरहेका टिक्काटिप्पर्णप्रति कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले चित्त दुखाएका छन् ।रंगशालको सम्पूर्ण प्रतिवेदन आइसकेपछि कुनै खोट देखिए जुनसुकै सजाय भोग्न तयार रहेको उनले बताए । भरतपुर महानगरपालिकाको आयोजनामा आज आयोजित रंगशाला सम्वन्धी एक अन्तरक्रिया कार्यक्रममा धुर्मुस भावुक र आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए ।

पूर्णता पाइनसकेको प्रारम्भिक प्रतिवेदन महानगरपालिकाले मिडियामा सार्वजनिक गरेको विषयमा पनि उनले असन्तुष्टि जनाए । वास्तविकता राम्ररी नबुझीकन नचाहिँदो आक्षेप नलगाइदिन उनले सबैलाई आग्रह गरे ।

महानगरकी मेयर रेणु दाहालको समेत उपस्थितिमा भएको कार्यक्रममा धुर्मुसको मन्तव्यको सार यस्तो थियो :-
म क्रिकेटसमेत नबुझ्ने मान्छे । नेपालले एकदिवसीय मान्यता पाएपछि चौतर्फीरुपमा अन्तर्राष्ट्रिय रंगशालाको माग भयो ।राज्यको तर्फबाट पनि आवश्यकता महसुस भएको तथा शुभचिन्तकबाट पनि सहयोगी बन्न आग्रह भएपछि हामी संयोजनकारी भूमिका खेल्त तत्पर भएका थियौं ।

राज्यले जग्गा उपलब्ध गराउँछ र स्रोत व्यवस्थापनको ग्यारेन्टी हुन सक्छ भने निर्माण संयोजनको जिम्मा हामी लिन्छौं भनेका थियौं । अहिले जेजस्ता प्रश्नहरु उठिरहेका छन्, हामी सबैको एक–एक जवाफ दिनेछौं । रंगशाला घोषणा कार्यक्रममा मैले बोलेको थिएँ– पापको बोझ बोकेर धरती छोड्न चाहन्न । अहिले पनि म त्यसमा अडिग छु । हामीले रंगशालालाई अघि बढाउन धेरै प्रयास गरेका हौं ।

संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहहरुसम्म गुहार्न पुग्यौं । यसअघिको सरकार र अहिलेको सरकारसँग पनि सहयोग माग्यौं । हामी निरन्तर लागिरह्यौं । तर, परिस्थिति सहज भएन ।स्ट्रक्चरको काम सुरु भएपछि नै कोभिड सुरु भयो । डर–त्राशको अवस्थामा पनि रंगशाला समयमै बनाउनुपर्छ भनेर स्ट्रक्चर उठायौं । हामी आफैं कोरोना संक्रमति भयौं । कोरोना भयो भनेर त्यसबेला सार्वजनिक गरेको भए त्यो एरिया नै सिल हुन्थ्यो । तर, आफूले रोग सहेर कामलाई निरन्तरता दियौं ।

अन्त्यमा डण्डीमा खिया लाग्न थालिसक्यो भनेर निकासका लागि राज्यसँगै समन्वय गर्ने भनेर पत्र बुझाइएको हो । पत्र बुझाएकै भोलीपल्ट मेरो घरमा हजुरआमाको निधन भयो । १३ दिन म काममा भएँ ।२०७८ साल असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन र त्योभन्दा अघिको अनुमानित खर्च विवरण महानगरलाई बुझाएका थियौं । भौतिक संरचनाको प्रतिवेदन बुझाएका थियौं । त्यसको प्रक्रिया भरतपुरले अगाडि बढाइरहेको छ ।

हजुरआमाको काम सकिएपछि फेरि म कोरोना संक्रमित भएँ । पूर्ण विवरण आइसकेपछि सबै विषयहरु थाहा भइहाल्छ भन्ने थियो । हामी एउटा प्रक्रियामा भएका बेला अन्धाधुन्दरुपमा यति खर्च, यति खर्च भनेर हिसाब निकाल्नु मुर्खता हुन्छ ।

बीचमा प्रारम्भिक प्रतिवेदन भनेर, जुन पुष्टि नै हुन बाँकी छ, त्यो सार्वजनिक भयो । मेरो आपत्ति त्यसमै छ । त्यो प्रतिवदेन प्रारम्भिक हो । छुटेका डकुमेन्ट पुरा गर्छौंं भनेका छौं । अनि बल्ल वास्तविकता के हो भन्ने देखिन्छ । पूरा प्रतिवेदन आइसकेपछि कुनै अनियमितता पुष्टी भयो भने म आफैं सजाय भोग्न तयार छु । कुनै पनि त्रुटी–कमजोरी भेटिए जेल जान तयार छु ।

यही जिल्लामा रंगशाला बन्दैछ, अनि यही जिल्लाबाट उजुरी दिन पुग्ने काम भएको छ । अहिले पनि कोभिड संक्रमणकै अवधिमा काठमाडौंबाट आएर समन्वय गरिरहेको छु ।हामीलाई नै वास्तविकता बाहिर ल्याउन हतार भइसकेको छ । मेरो माग के छ भने यी दुई प्रतिवेदनहरु पूर्ण होउन् । कसैलाई कन्फ्यूजन छ भने म यहीँ छु, हिसाब जो कोहीले पनि हेर्न सक्छ । हामी मौन बस्यौं भन्दैमा नचाहिने आक्षेप नलगाइदिनुस ।

पहिले गरिएका कमिटमेन्टका कुराहरु आए । हामीले अनुमानितरुपमा प्रतिवद्धता गरेका थियौं होला । त्यो आधिकारिक थिएन । केही तलमाथि होला । काडमाडौंमा बसेर चितवनमा रंगशाला बनाउनुपर्छ भनेर हिँडेको होइन । २४ सै घन्टा खटिएको हो । काम ढिलो होला भनेर आफैं लागिपरेको हो ।

आज म मात्रै सिकार भइरहेको छु । गलत रहेछु भने जेसुकै सजाय दिए पनि हुन्छ । अपराध गरिएको ठहर गरिन्छ भने भोग्न तयार छु । वास्तविक कुरा बुझेर मात्रै कमेन्ट गर्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!