September 28, 2022

काठमाडौं। बलात्कारीलाई समाजले मिलेर चारपाटा मुडेर, कालोमोसो दलेर, जुत्ताको माला लगाएर बजार घुमाएका घटनाहरु हामीले देखेका छौं ।
यसलाई कानुनी नभइ सामाजिक न्यायको रुपमा विश्लेषण गर्ने पनि गरिएको छ र यस्तो सामाजिक न्यायलाई धेरैले स्वीकार पनि गर्ने गरेका छन् । तर, बलात्कार पीडित महिलालाई नै यसैगरी बेइज्जत गरेर बजार घुमाइयो भने के होला ?

सामाजिक संजालमा एउटा भिडियो भाइरल भइरहेको छ जुन भिडियोमा बलात्कारीलाई होइन पीडित महिलालाई यसैगरी अपमानित गरेर बजार घुमाइएको छ । यो क्रुर घटना भारतको राजधानी दिल्लीमा भएको हो ।
दिल्लीको विवेक विहारमा एक महिलाको कपाल काटियो, अनुहारमा कालोमोसो दलियो र जुत्ताको माला लगाएर बजार घुमाइयो । पीडित महिलाकी बहिनीको सूचनाका आधारमा पुलिस त्यहाँ पुगेर महिलाको उद्धार गरेको छ ।

यो मामिलामा सामूहिक बलात्कारको मुद्दा दर्ता गरेर ४ जना महिलाहरुलाई पक्राउ गरिएको छ । पुलिसका अनुसार यी महिलासँग त्यहाँका केही व्यक्तिहरुको पुरानो रिस थियो । यही कारण यो घृणित काम गरियो ।
पीडित महिला विवाहित हुन् र उनको एउटा बच्चा पनि छ । महिलाकी बहिनीका अनुसार महिलाको छिमेकमा बस्ने एक युवक उनीसँग कुरा गर्न आइरहन्थे । यी युवकले १२ नोभेम्बरमा आत्महत्या गरे । युवकका परिवारलाई आत्महत्याको कारण यी महिला हुन् भन्ने लाग्थ्यो ।

यी महिलालाई अवैध रक्सी बेच्नेहरुले सामूहिक बलात्कार गरेको र अपमानित गरेको भन्दै दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालिवालले दिल्ली पुलिसलाई अपराधीहरुलाई पक्राउ गर्न र पीडितको रक्षा गर्न नोटिस पठाएको बताएकी छिन् ।
स्वातीले ट्वीटरमा लेखेकी छिन् ‘कस्तुरबा नगरमा २० वर्षकी युवतीलाई अवैध रक्सी बेच्नेहरुले सामूहिक बलात्कार गरे । उनलाई कपाल खौरिएर, चप्पलको माला लगाएर पूरै क्षेत्रमा मुख कालो गरेर घुमाए ।
म दिल्ली पुलिसलाई नोटिस जारी गर्दैछु । सबै अपराधी पुरुष महिलाहरुलाई पक्राउ गरियोस् र युवती र उनको परिवारको सुरक्षा गरियोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!