September 28, 2022

पछिल्लो समय नेपाली गित संगीतमा नेपाली सिनेमामा चलेका नायक नायिका देखी टेलि सीरीयलहरुमा चलेका कलाकारहरु समेतले अभिनय गर्दै आयका छन्। महानायक राजेश हमाल देखी पल साह सम्म नेपाली गित संगीतको म्युजिक भिडियोमा अभिनय गर्दै आयको तपाइँ हामी देख्न सकिन्छ। नेपाली फ्लिमहरुमा ब्यस्त रहने यस्ता कलाकारहरु पछिल्लो समय नेपाली गित संगीतमा मोडलिङ्ग गर्दै आउदा गित संगीतलाई माया गर्ने धेरै संगीत प्रेमीहरु निकैनै खुसी भयको तपाइँ हामी देख्न सक्छौं। पछिल्लो समय सबैले चिनेका अनि मन पराउदै आयका टेली सीरीयलका कलाकार देखी नायक नाईकाहरु ले अभिनय गरेको म्युजिक भिडियोहरुलाई समेत धेरैले अतिनै माया गर्दै आउदा भिवर्सको आधारमा पनि निकैनै उचाईमा देख्न सकिन्छ। कमेडी सिरियलमा अभिनय गर्ने कलाकारहरु पनि अन्य विधाबाट अभिनय गर्दै आयको र जुन म्युजिक भिडियोलाई समेत दर्शकहरुले अतिनै माया गर्दै आयका छन्।

त्यस्तै नेपाली गित संगीतमा आउनका लागी पछिल्लो समय टिकटकले समेत धेरैलाई स्थान दिदै आयको छ। जसमा पछिल्लो समय धेरै मोडलिङ्ग क्षत्रमा स्थापित हुदै आयका छन्। जस मध्ये लेडिजमा प्रिज्मा र प्रिन्सी खतिवडा टिकटक बाटै धेरैको मनमा बसेका जुम्लिया दिदी बहिनी हुन् र जसले टिकटकामा पायको मायाकै कारण दुबैलाई नेपाली गित संगीतको बजारमा अभिनयमा समेत धेरै दर्शकहरुले माया गरेका हुन्। नेपालमा मात्र नभयर अन्य देशहरुमा समेत यी दुवै दिदि बहिनीको टिकटकलाई अतिनै मन पराउदै आईयको थियो जसले गर्दा पछिल्लो समय नेपाली गित संगीतको बजारमा ब्यस्त देखीने कलाकार मध्ये प्रिज्मा र प्रिन्सी खतिवडा पनि हुन्। जसलाई केहि समय नेपाली टेली सिरियल सक्किगोनिका सागर लम्साल “बले” संग नाम समेत जोडिदै आयको थियो। प्राय धेरै बलेले गरेका म्युजिक भिडियोमा दुवै दिदि बहिनी संगै देखीन्थे।

अहिले भर्खर बले इण्टर्टेण्मेट य़ुट्युब च्यानलबाट बजारमा आयको गीतमा भने टिकटकबाटै आयका अर्का जुम्लिया दिदि बहिनी संगै बले र सक्किगोनि कै अर्का एक कलाकार देख्न सकिन्छ। सागर लम्साल बलेले प्रिज्मा र प्रिन्सी खतिवडा लाई किन नराखेर अर्का दिदि बहिनी स्मारिका र समारीकालाइ राखे भन्ने बिषयमा समेत पछिल्लो समय बजारमा अनेक किसीमका अड्कलबाजी हुदै आयका छन्। शुक्रबार सार्वजनिक भएको नयाँ गीत ‘मायाको भोको’मा यी दुई मोडललाई अभिनय गराएका छन्। यसअघि सागरको टिममा प्रिज्मा र प्रिन्सी खतिवडाले काम गर्दै आएका थिए । तर प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् भन्दै बजारमा धेरै अड्कलबाजी हुदै आयको हो। तर सोहि अड्कलबाजीको प्रश्नमा सागरले आफूलाई ट्विन्स नै फाप्ने गरेको बताउने गरेका छन्।

गीत सार्वजनिक कार्यक्रममा पनि सागरले प्रिज्मा र प्रिन्सीको प्रश्नको सामना गर्नुपर्‍यो । उनलाई प्रिज्मा र प्रिन्सीसँग अब सहकार्य नगर्ने हो भनेर प्रश्न सोझियो । जसमा उनले भने, ‘हिजोका दिनमा केही भिडियो प्रिज्मा र प्रिन्सीसँग गर्दा अरुलाई नलिने हो भनेर प्रश्न आउने गरेको थियो । अहिले नयाँ टिमसँग काम गर्दा पनि प्रिज्मा र प्रिन्सी खोइ भनेर प्रश्न आउने गरेको छ।’ प्रिज्मा र प्रिन्सी बाहिरिएर तपाईंहरु भित्रिँदा मिडियामा गसिप बन्छ भन्ने कुरालाई याद गर्नु भएको थियो कि थिएन भन्ने प्रश्नमा स्मारिकाले भनिन्, ‘हेर्नुहोस्, हामी कलाकार हौं । हामीलाई काम आएको बेलामा टिम र गीत हेरेर काम गर्ने हो । हामीले कामबाट नै आफ्नो क्षमता देखाउने हो।’ सागरले एउटा ट्विन्स आउट भएर अर्को ट्विन्स इन भएको भनेर बुझ्न नहुने उनको तर्क रहेको थियो। बजारमा आउने यस्ता अड्कलबाजी ले गर्दा कहिलेकाही त्यसै कलाकारहरु लाई विभिन्न खालका कन्ट्रोभर्सी का कुराहरु समेत सामना गर्ने परेको हुन्छ।

यस्तै गरेर भर्खर सार्बजनिक भयको गित मायाको भोकोमा अभिनय अनुसार सागर लम्सालका दाजु भाईले स्मारिका र समारीका संग बिहे गरेको सिन देखाईयको छ। मदन थापा र बिन्दु परियारको आवाज रहेको उक्त गीतको सब्द मदन थापाले लेखेका हुन् भने संगीत समेत माधन थापाकै रहेको छ। सागर लम्साल, हरि निरौला, स्मारिका र समारिकाले जुन गीतको भिडियोमा बेहुला बेहुलीको समेत अभिनय गरेका छन् भने उक्त गीतको भिडियो निर्देशन राजिब समरले गरेका थिय भने छायाकन पवन सुस्लिङ्गले टिमले गरेका छन्। जुन गीतको पुरा भिडियो तल हेर्नुहोस। https://youtu.be/OcEfmwB6fcQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
2
+1
1
+1
6
+1
1
+1
5
+1
7

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!