Thursday, December 1
Shadow

विदेशमा रहेका युवाहरुलाई गायव गरिदिने दलालहरुले दिए धम्की दिएपछि यी युवाहरू एयरपोर्टमा ओर्लिए

केही समय अघि त्रीनेत्र कन्सलटेन्सीबाट बैदेशैक रोजगारी का लागि भन्दै १०० जना भन्दा धेरै युवाहरु युएई पुगेका थिए । उनिहरुलाई उक्त कन्सलटेन्सिले भिजिट भिसामा युएई पुर्याएको थियो ।
भिजिट भिसामा लगेता पनि युएई पुगेर कामदारको वर्किङ भिजा लगाई दिने र काम पनि लगाई दिने भन्दै उनिहरुबाट जनही दुई लाख भन्दा धेरै रकम उक्त कन्सल्टेन्सिले लिएको एक पीडितको भनाई थियो ।
तर युएई पुगेका उनिहरुलाई कुनै काम नदिएको र एउटा कोठामा थुनेर राखिएको उनिहरुले बताएका थिए ।

युएई पुगेर फर्किएका उनिहरु मध्येका एक युवकले आफुलाई आफ्नो लागत फिर्ता नदिएको भन्दै वैदेशिक रोजगार बिभागमा आफू ठगिएको भनी उजुरी दिएका थिए । तर त्यहाँबाट केही सहयोग नपाए पछि उनी मिडियामा आएका थिए ।
उनी मिडियामा आए पछि भने कुरा बिहिरिएको थियो । युएईमा रहेका अन्य युवाहरुले पनि फोन सम्पर्क गरि आफुहरु बन्दी बनेको बताएका थिए । एउटै कोठामा आफुहरु धेरैलाई राखेको र खाना पनि नदिएको उनिहरुले बताएका थिए ।

युएई पुगेका मध्ये अहिले २१ जना जतिको उद्दार भै सकेको छ । उनिहरु नेपाल आई सकेका छन । तर आफुहरुले आफ्नो लागेको क्षतिपूर्ति नपाएको उनिहरुले बताए । उनिहरुको कुरा मिडियामा मार्फत बाहिरिए पछि अहिले भने
उनिहरुलाई बिदेश पठाउने दलाल हरुले युएईमा रहेका युवाहरुलाई यतै गा’यव गरिदिने ध’म्की दिन थालेको बताएका छन । आफुहरुले राजदुतावासबाट पनि केही सहयोग नपाएको युएईमा रहेका पीडित युवाहरुले बताए ।

आफुहरुले राजदुतावासमा सम्पर्क गर्दा तिमिहरु भिजिट भिसामा आएको रहेछ भन्दै आफुहरु केही गर्न नसक्ने बताएको पीडितहरुले गुनासो गरेका छन । आफुहरु गुनासो लिएर मिडियामा आएको र क्षतिपूर्ति माग गरेको थाहा पाए पछि अहिले कन्सलटेन्सिका दलालहरुले आफुहरुलाई यतै गा’यव गरिदिने ध’म्की दिन थालेकोले आफुहरुको ज्या’न जो’खिममा परेको पीडितहरुले बताएका छन । राजदुतावासले जुनसुकै भिजा लिएर गएको भएता पनि सहयोग गर्नु पर्ने जानकारहरु बताउँछन ।

पीडितहरुले श्रम मन्त्री तथा परराष्ट्र मन्त्रीलाई आफुहरुको उद्दार गरिदिन आग्रह समेत गरेका छन । राजदुतावासले पीडितहरुको गुनासो सुन्नु पर्ने र आफुले सक्ने पहल गर्नु पर्ने जानकारहरुको भनाई छ ।
यदि दुतबासबाट हुन नसके उस्ले सम्बन्धि निकायमा पहल गर्नु पर्ने जानकारहरुको भनाई छ । तर भिजाको प्रकार हेरेर त्यही अनुसारको ब्याबहार दूतावासले गर्न नमिल्ने उनिहरुले बताएका छन । ठग र दलाल कन्सलटेन्सिको इजाजत पनि खारेज गर्नु पर्ने उनिहरुको माग छ ।

भिडियो हेर्नुस :- https://youtu.be/o84ueJK7XXM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!