नवलपरासी : गोली लागेर पश्चिम नवलपरासीको बर्दघाटमा एउटा पाटे बाघ मरेको छ । पोथि जातको बाघ आज दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १६ स्थीत दाउन्नेदेवि सामुदायिक वनमा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख शंकर प्रसाद गुप्ताले जानकारी दिनुभयो । घास दाउरा काट्न जंगल गएका स्थानियले मृत बाघ देखेपछि सम्बन्धीत निकायलाई खबर गरेका थिए ।

बाघको शरिरका विभिन्न ठाँउमा गोली लागेको घाउ भएकाले चोरी सिकारीले बाघ मारेको पुष्टि भएकाले थप अनुसन्धान सुरु गरिएको बर्दघाट सरावल सव डिभिजन कार्यालयका प्रमुख गिरीराज पन्तले जानकारी दिनुभयो । बाघको घाटिमा पासो लगाएको डाम र शरिरका दुई स्थानमा गोली लागेको घाउ भेटिएको छ । बाघको पोष्टमार्टम गरी छाला निकालेर वन कार्यालय परिसरमा गाडिने गिरीले जानकारी दिनुभयो ।

१ सय ५० किलोग्रामको उक्त बाट साढे सात फुट लम्बाई र साढे तिन फुट उचाईको थियो । घास दाउरा काट्न जंगल गएका स्थानियले मृत बाघ देखेपछि सो वडाका वडा अध्यक्ष सुक बहादुर गुरुङ्गलाई खबर गरेका थिए । खबर पाए लगत्तै सो बनको संरक्षणका लागि बसेको श्री नम्बर २ बन तथा पर्याबरण सुरक्षा गण घटाना स्थलमा पुगेको छ । सोही गणको करिब ५ किलो मिटरको दुरिमा बाघ मृत फेला परेको हो। प्रहरी, सेना र वन कार्यालयका कर्मचारीले बाघ उठाएर ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!