उदयपुरको त्रियुगा नगरपालिका-१ जोगिदह रुपनीमा खेत जोतेर आउँदै गरेको ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ ।खेत जोतेर घर आउँदै गरेको स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिएर घाइते भएको त्रियुगा नगरपालिका-१ रुपनीका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा ज्यान गएको हो ।शनिबार राति ८ बजेतिर खेत जोतेर छोराहरूलाई लिएर आउँदै गरेको ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

घाइते निमिष चौधरीको बायाँ कम्मरमा र दुवै खुट्टामा चोट लागेको छ भने ट्याक्टर चालकको दाहिने हातमा चोट पटक लागेको छ ।उनीहरू दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले भनाइ छ ।

यो पनि पढ़नुहोस् -मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।सरकार विवादास्पद एमसीसी परियोजना थोपर्ने धृष्टतामा लागेको र लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज भारतले अतिक्रमण गर्दा समेत सरकार प्रतिवादमा उत्रन नसकेको भन्दै क्रान्तिकारी माओवादीले माघ २१ म देशब्यापी विरोध प्रर्दशन आयोजना गर्न लागेको महासचिव मोहन वैद्य किरणले जानकारी दिए ।

झारखण्डको पश्चिम सिंहभूम जिल्लामा अन्धविश्वासका कारण श्रीमान श्रीमतीको ह’त्या गरी श’व लु’का’इएको छ । घटना टोन्टो प्रहरी चौकी क्षेत्रको हो, जहाँ गाउँका केही मानिसहरूले एक महिला र उनका श्रीमानलाई बो’क्सी भ’न्दै ह’त्या ग’रे’का थिए। त्यसपछि प्रमाण लुकाउन पहिले दुवै श’व ज’ला’उने प्रयास गरे तर शव पूर्ण रूपमा जल्न नसकेपछि जंगलमा ल’गे’र गा’डे । १० दिनपछि यो कुरा बाहिर आएको हो ।

जनवरीको बताइएको छ । मृत्यु हुनेमा नक्सल प्रभावित बुन्डु गाउँका गोमिया केराई र उनकी श्रीमतीको पहिचान भएको छ । यस ह’त्यामा मृतकका भाइ गोमिया कराईको पनि सं’ल’ग्न’ता रहेको बताइएको छ । घटनाको जानकारी पाएपछि प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको थियो ।

एसपी अजय लिण्डाको निर्देशनमा प्रहरीको विभिन्न टोलीले अनुसन्धानमा जुटेका थिए । प्रहरी टोलीमा जगन्नाथपुर एसडीओपी इकुड डुङडुङ, किरिबुरु एसडीओपी अजित कुमार कुजुर, मनोहरपुर एसडीओपी दाउद किन्डो, टोन्टो पुलिस स्टेशन इन्चार्ज सगेन मुर्मु, गुवा पुलिस स्टेशन इन्चार्ज अनिल कुमार यादव, सीआरपीएफ अधिकारीहरू र जवानहरू सामेल थिए। प्रहरी टोलीले पहिले गाउँलाई चारैतिरबाट घेरा हालेर खोजी अभियान सुरु गरेको थियो ।

लामो समयको खोजी र मिहिनेत पछि प्रहरी टोलीले आ’धा ज’ले’को श’व फे’ला पा’रेको’ हो । दुबैको शव गाउँबाट करिब डेढ किलोमिटर टाढाको घना जङ्गलमा गाडिएको थियो । प्रहरीले फेला पारेको श’व आ’धा ज’ले’को अवस्थामा रहेको छ । ह’त्या’राले गाउँलेलाई यो ह’त्या’का’ण्डबारे कसैले प्रहरीलाई खबर गरे आफूले पनि त्यस्तै नतिजा भोग्नुपर्ने ध’म्की दि’ए’को बताइएको छ । जसका कारण गाउँलेहरु निकै ड’रा’ए । हाल प्रहरीले यस विषयमा थप कारबाही गरिरहेको छ । अभियुक्त सबै फरार छन् अहिले उनीहरुको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!