September 29, 2022

मृगौला फे ल भएर छोरा बुहारी बुटुवलमा छन् ।घरमा घाँस दाउरा गर्दै बाख्रापाठा हेर्दै ७२ वर्षीय आमा खिना विश्वकर्मा नातिसंग बसेकी छन् ।आर्थिक स्थिती निकै कमजोर भएको यस् परिवारमा छोरा बुहारी र नातिको जीवन के हुने होला भन्दै उनी चिन्तित हुने गर्छिन् ।

आफ्नो श्रीमान पनि निकै अगाडि बि ती गएपछि आफुले निकै दुख भोग्नु परेको उनको गुनासो छ ।लाउला खाउला भन्ने उमेरमा श्रीमानले छोडेर गएपछी लामो समय देखि खिना एक्लै जीवन काट्न बाध्य छिन् ।आफुले केही काम गर्न नसक्ने भएको हुँदा नातिले पकाएर खान दिन्छ र आफुले अझै दुख देख्नलाई भगवानले बचाइ राखेक भन्द रु न्छिन् आमा ।

खिनाले आँखापनी निकै कम देख्ने र चस्मा नलगाइ केहिपनी छुट्याउन गाह्रो पर्ने बताइन् ।जिन्दगी भर दुख गरिरहेकि खिनालाई अहिले बुढेसकालमा चाहिँ सुख्खा हुन्थ्यो कि भन्ने आशा थियो ।तर बुहारीको पनि मृगौला फेल भएपछि म र्ने बेलामा पनि चिन्ता नगरी म र्न नपाएको भन्दै आमा गुनासो गर्छिन् ।

घरमा खानेकुरा समेत केही नभएको र गाउँघरकाले पनि धनहुने लाई मात्र हेर्ने गरेको हुँदा गरिबलाई कसैले नहेर्ने भन्छिन् आमा ।जिन्दगी भर दुख गरेपनि आफुलाई कहिलै सुख्खा नभएको हुँदा आफ्नो भाग्य नै खोटो रहेको भन्छिन् खिना ।

भिडियो हेर्नुस् :- https://youtu.be/mkW3KkgFJvU

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!