प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घ”टना हुँदा ८ जनाले ज्यान गु”माएका छन्। दुर्घ”टनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृ”त्यु भएको हो। मृ”त्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ वर्षीया छोरी एलिसा खड्का रहेको गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु गिरीले जानकारी दिए।

त्यस्तै अन्य मृ”तकमा जीप चालक ५० वर्षीय बलबहादुर बुढा मगर, २९ वर्षीया केशरी खड्का, ३२ वर्षीय खिम खत्री, ५० वर्षीया नन्दी खड्का र नौबहिनी ६ लुङकी १८ वर्षीया विपना जिसी छन्। अध्यक्ष गिरीका अनुसार दुर्घटनामा परि बेहुला २५ वर्षीय दानबहादुर खड्का, बेहुली १९ वर्षीया रीमा जिसी, २१ वर्षीय हरि बुढा मगर, १७ वर्षीय नरेश खड्का र २५ वर्षीया साबित्रा जिसी घा”इते भएका छन्।

अध्यक्ष गिरीका अनुसार बेहुलीको एउटा हात नै चुँ”डिएको छ। ग”म्भीर घाइ”ते बेहुलीसहित तीन जनालाई बुटवल रेफर गरिएको छ। बेहुला दानबहादुर खड्का र साबित्रा जिसीको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ। अध्यक्ष गिरीले रातीको समयमा दुर्घटना हुनु, उद्धारमा ढिलाई हुनु जस्ता कारणले धेरैको हताहती भएको बताए। नौबहिनी गाउँपालिकाको लुङ लेखबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दुर्घ”टनामा परेको थियो।

जिप सडकदेखि १५० मिटर तल खोल्सामा ख’सेको छ । रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दु”र्घटनामा परेको प्र”हरीले जनाएको छ। जन्ती गएकाहरू दु”र्घटनामा पर्नुले गाउँपालिकामा सन्नाटा छाएको उनले बताए। प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार घ’टनास्थल विकट भएको र रातीको समय भएकाले मानवीय क्षति बढी भएको बताए। उनले ६ जनाको घ”टनास्थलमै र दुई जनाको उपचारका लागि अस्पताल पुर्‍याएलगत्तै मृ”त्यु भएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!