September 29, 2022

टिका सानु भन्ने बित्तिकै पछिल्लो समय सबैको मनमा बसेकी दोहोरि गायिका हुन्। पछिल्लो समय गायन संगै उनि समाज-सेवामा समेत उनको धेरैनै मन गयको बुझ्न सकिन्छ। उनले गाउने मात्र काम गर्दिनन मोडलिङ्ग संगै आफ्नै सिरियलमा समेत अभिनय गर्दै आयको तपाइँ हामी देख्दै आयका छौं। उनलाई प्र,हरीको पोशाकमा झट्टहेर्दा उनलाई साच्चिकै हो कि जस्तो धेरैलाई लाग्दै आयको छ। लोकप्रिय कार्यक्रम इन्द्रेणीमा दोहोरी गाएर चर्चामा-आएकी गायिका टीका सानू नयाँ गीतको छायांकनमा प्र,हरीको पोसाक लगाएर प्रस्तुत भएकी छिन्। गायक रविन लामिछाने, चिज गुरुङ लगायतका कलाकारहरु रहेको उक्त गीतको भिडियो चाडै डिजिटल बजारमा ल्याउने निर्माण टीमले बताएका छन्। जुन टिका सानुले लगयायाको पोशाकको फोटो पछिल्लो समय सामाजिक संजालहरुमा धेरै देख्न सकिन्छ।

टिका सानुलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ। लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ। दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन्। पारिवारिक अवस्था अत्यन्तै नाजुक-भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन्। घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु-रोकिँदैन। २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक-बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन्। घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन। घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै-गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।

लोकप्रिय कार्यक्रम इन्द्रेणीबाट उनको चर्चाहरु चल्दै अयापानी पछिल्लो समय निकैनै ब्यस्त देखिने गायिका टिका सानुले आफ्नै युट्युब च्यानल समेत संचालन गर्दै आयकि छिन। जसबाट उनले आफ्ना श्रीजनाहरु राख्दै आयकि छिन। टिका सानुको मेहनत देखेपछि पछिल्लो समय धेरैले उनलाई मेहनेती गायिका समेत भन्ने गरेको पाउन सकिन्छ जो संग पनि नरम स्वभावले बोल्ने टिका सानु साना ठुलालाई माया अनि सम्मान गर्दै आयको देख्दा धेरैले अनुसासित गायिका समेत भन्ने गर्दछन। उनका नाममा पछिल्लो समय सामाजिक संजालहरुमा निकैनै फ्यान क्लबहरु खुल्दै आयक देख्दा उनका फ्यानहरु समेत देश तथा बिदेशमा निकैना रहदै आयका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!