September 29, 2022

प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जिप दु’र्घटनामा ज्यान गुमाउने आठ जनामध्ये बाबु छोरीको पहिचान खुलेको छ। प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार जिल्लाको नौंमुखी गाउँपालिका वडा नं. ६ जिनावबाङका ३९ वर्षीय बुवा वसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको छ। यी बाहेक अन्य ६ जना मृतकको पहिचान खुली सकेको डिएसपी थापालले बताए । जिप सडकदेखि ३०० मिटर तल खोल्सामा खसेको छ।

जिल्ला प्रह’री प्रवक्ता प्र’हरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार दु’र्घटनामा परि पाँच महिला र तीन पुरूषसहित आठ जनाको मृ’त्यु भएको छ। छ जनाको घ’टनास्थलमै र २ जनाको अस्पताल पुर्‍याएपछि मृ’त्यु भएको प्रवक्ता गैरेले जानकारी दिए। बेहुला बेहुलीसहित पाँच घा’इतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। बेहुला-बेहुली दुवैको अवस्था ग’म्भीर रहेको जिल्ला प्र’हरी प्रमुख थापाले जानकारी दिए। दु’र्घटनास्थल निकै विकट भएकाले घा’इतेको उद्धार गर्न तथा अस्पताल पुर्‍याउन कठिन भएको प्र’हरीले जनाएको छ।

नौबहिनी गाउँपालिकाको लुङ लेखबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप ओखरपाटामा शनिबार बिहान ३ बजे दु’र्घटनामा परेको थियो। रातभर पानी परेको र बाटो चिफ्लो भएका कारण दु’र्घटनामा परेको प्रह’रीले जनाएको छ। अहिले भने वर्षा रोकिएको छ।

यस्तै,पाल्पामा एक पुरुष लडेको अवस्थामा मृ’त फेला परेको प्र’हरीले बताएको छ । मृ’त्यु हुनेमा तानसेन नगरपालिका ४ वडिगान टोल बस्ने ३८ वर्षीय बसन्त गीरी रहेको जिल्ला प्र’हरी कार्यालय पाल्पाले जानकारी दिएको छ । शनिवार बिहान ८ बजे सोहि वडाको सिलखनटोल स्थित पक्कि सडक खण्डको नजिकै भित्तामा घोप्टो अवस्थामा मृ’त फेला परेको प्र’हरीले बताएको छ । उक्त घ’टना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्र’हरीले जानकारी दिएको छ ।
भोज राज थापाले तयार पारे को यो रिपोर्ट हेर्नुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!