स्वरा नाइटिङगेल ‘लता मंगेशकर’ अब हामी माझ रहीनन्… लता मंगेशकरले आफ्नो जीवनमा हासिल गरेको स्थान मायाले भरिएको थियो। उनले बाल्यकालदेखि नै धेरै संघर्ष गरिन । बुबाको निधनपछि लताले परिवारको जिम्मेवारी आफ्नो काँधमा लिइन् । बाल्यकालमा लताको जीवनमा यस्तो पीडादायी तीन महिना आए, जब उनको परिवारले अब उनलाई गुमाउनेछ भन्ने लागेको थियो। तर लताको परिवारले उनलाई बचाउन कुनै कसर छोडेन।
लेखक हरिश भिमानीले आफ्नो पुस्तक ‘इन सर्च अफ लता मंगेशकर’ मा लतासँग सम्बन्धित यो किस्सा लेखेका छन् । पुस्तकका अनुसार जब लता ५ वर्षकी थिइन्, उनलाई बिफर भएको थियो । बिफर उसलाई यति डरलाग्दो बन्यो कि अब ऊ बाँच्ने छैन भन्ने सबैलाई लाग्यो ।
उनको घाउमा पिप थियो । उनको अवस्था बिग्रँदै गयो । उनी पीडाले क’राउँदै थिइन् । लताकी आमाले केराको पातमा बेरेर बिस्तारै हलचल गरिरहिन् । डाक्टरहरुले उनको आँखाको ज्योति गुम्ने डर देखाएका थिए । लता तीन महिनादेखि यो भयानक रोगको च’पेटामा थिइन् । यी तीन महिना उनको जीवनको सबैभन्दा पीडादायी महिना साबित भयो। तर बिस्तारै उनको स्वास्थ्यमा सुधार हुँदै गयो । यो पुनर्जन्म भन्दा कम थिएन।
जब उनी निको भइन्, उनको बुबाले ब्यान्डवागनर्सलाई बोलाउनुभएको थियो। आमाले शगुनको रूपमा दाना-नारियल र महँगो साडी बाँडिदिनुभएको थियो। उनको घरमा उत्सवको माहोल थियो ।
मंगेशकरको जन्म मामाघर इन्दोरमा भयो। त्यसपछि उनिहरू कोल्हापुर सरे। उनका बुबा दीननाथ मंगेशकर नाटक कम्पनी चलाउनुहुन्थ्यो, पछि बन्द गरेर चलचित्र कम्पनी चलाउनुभयो। त्यही उनिहरूको घर बन्यो। सानोमा उनी चुलबुले स्वभावकी थीइन। उनका एक भाइ र चार बहिनी थिए। उनी ५/६ वर्ष हुँदादेखि नै बुबाले गीत सिकाउन थाल्नुभयो।
बुबाको नाटक कम्पनीमा सानो-सानो बच्चाको रोल लिने गर्थिन। सन् १९४२मा बुबा बितेपछी सबै परिवार धान्ने जिम्मा उनको काधमा आयो। त्यसैबखत उनले’नवयुग फिल्म’मा हिरोइनको बहिनीको भूमिका निभाइन। यो उनको पहिलो चलचित्र थियो, त्यो पनि मराठी। कोल्हापुर आएपछि मराठी फिल्मका हस्ती मास्टर विनायकको कम्पनीमा जागीर गरिन।
लता बालककालदेखि नै गायक बन्न चाहान्थिन। बालककालमा कुंदनलाल सहगलको एक चलचित्र चण्डीदास देखेर उनले भनेकी थिईन कि ठूलो भएर सहगलसँग विवाह गर्ने छिन। पहलो पटक लताले वसँग जोगलेकर द्वारा निर्देशित एक चलचित्र कीर्ती हसालको लागि गाईन। उनके पिता लताले फिल्मको लागि नगाउन भन्ने चहन्थे। त्यसैले, यस गीतलाई फिल्मबाट निकालियो। तर उनको प्रतिभाबाट वसंत जोगलेकर धेरै प्रभावित भए।
पिताको मृत्यु पछि (जब लता मात्र १३ वर्षकी थिईन), लतालाई पैसाको धेरै ठूलो समस्या पर्यो र धेरै संघर्ष गर्न पर्यो। उनलाई अभिनय धेरै राम्रो लागेको थिएन तर पिताको असामयिक मृत्युको कारणबाट पैसाको लागि उनके केही हिन्दी र मराठी फिल्महरूमा काम गर्नु पर्यो। अभिनेत्रीको रूपमा उनको पहिलो चलचित्र पाहिली मङ्गलागौर (१९४२) थियो, जसमा उनले स्नेहप्रभा प्रधानको सानी बहिनीको भूमिका निभाईन।
पछि उनले धेरै फिल्महरूमा अभिनय गरिन जसमा, माझे बाल, चिमुकला संसार (१९४३), गजभाऊ (१९४४), बडी माँ (१९४५), जीवन यात्रा (१९४६), माँद (१९४८), छत्रपति शिवाजी (१९५२) शामिल थिए। बडी माँ,मा लताले नूरजहाँको साथ अभिनय गरिन र उनको सानी बहिनीको भूमिका आशा भोंषलेले निभाईन। उनले आफैलाई भूमिकाको लागि गीत पनि गाईन र आशाको लागि पार्श्वगायन गरिन।
१९४५मा उस्ताद गुलाम हैदर (जसले पहिलानूरजहाँको खोज गरेका थिए) आफ्नो आउने फिल्मको लागि लतालाई एक निर्माताको स्टूडियोमा लिएर गए जसमा कामिनी कौशल मुख्य भूमिका निभाई रहेकी थीइन। उनी चाहान्थे कि लता त्यस फिल्मको लागि पार्श्वगायन गरुन। तर गुलाम हैदरलाई निराशा हात लाग्यो। १९४७मा वसंत जोगलेकरले आफ्नो चलचित्र आपकी सेवा मेंमा लतालाई गाउने मौका दिए। यस फिल्मको गितबाट लताको धेरै चर्चा भयो।
यस पछि मजबूर फिल्मको गीत “अङ्ग्रेजी छोरा चला गया” र “दिल मेरा तोडा हाय मुझे कहीं का न छोडा तेरे प्यार ने” जस्तो गीतबाट आफ्नो स्थिति सुदृढ गरिन। यध्यपी यसपछि पनि लतालाई अत्याधिक सफलता भने मिलिसकेको थिएन। १९४९मा लतालाई यस्तो मौका चलचित्र “महल”को “आयेगा आनेवाला” गीतबाट प्राप्त भयो। यस गीतलाई त्यस समयको सबैभन्दा सुन्दरी र चर्चित अभिनेत्री मधुबालामा बनाईएको थियो। यो फिल्म अत्यन्त सफल रहेको थियो र लता तथा मधुबाला दुबैको लागि बहुत शुभ साबित भयो। यस पछि लताले कहिल्यै पछाडी फर्केर हेर्नु परेन।