September 29, 2022

पर्वत जिल्लाको मदि गाउँपालिकाको डिमुवा भन्ने ठाँउमा करिब २३ वर्षका दिपेश गुरुङको निकै दयनीय अवस्था रहेको छ ।उनको नसा सम्बन्धि रो ग भनेर डाक्टरहरुले भनेपछि दिपेशले ४ वर्षदेखि औषधि खादै आएका छन् तर अवस्था भने निकै गम्भीर बन्दै गएको छ ।

गएको दशैमा काठमाडौको टिचिङ हस्पिटलमा करिब २ महिनाको उपचारपछि उनको रो ग डेस्टोन्या भन्ने पत्ता लागेको छ ।लाखमा एक दुई जनालाई देखा पर्ने यो रो गले दिपेश ग्रसित छन् ।यस् रो गको उपचार भारतको बेङ्गलोरमा सम्भव हुने कुरा डाक्टरले बताएका छन् ।

दिपेशको टाउको सधैं माथी मात्र फर्किएको हुन्छ ।उनी हिड्न समेत आरामले सक्दैनन् ।अरुका छोराछोरी मज्जाले हिडेको र रमाएको देख्दा दिपेशकी आमा निकै दुखी भएर सहयोगको अपेक्षा राख्दै छिन् ।

भिडियो हेर्नुस् :- https://youtu.be/RQBeVfJrLxc

दिलमाया शाही/जुम्ला

जुम्लामा हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु भएको छ । तातोपानी गाउपालिका-७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी-८ की ३७ वर्षकी देवी शाहीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार वडा नम्बर ७ का पुरुष गोठालो गएको समयमा हिउँमा परेर मृत्यु भएको र महिलाको सेतो चिनी कोर्न जाँदा मृत्यु भएको हो।

यसैगरी तातोपानी गाउँपालिका-८ मा १८ देखि ५५ जना मानिस हिउँमा फसिरहेको तातोपानी गाउँपालिकाले अनुमान गरेको छ । ‘जडिबुटी ( खिरौलो) कोर्न गएका गएका १८ देखि ५५ जना मानिस फसेका भन्ने खबर आएको छ, तर एकिन गर्न सकिएको छैन,’ गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने, ‘वडाध्यक्षहरुसँग समन्वय भईरहेको छ ।’ उनले हिउँमा फसेका मानिसहरु ऐडि ओडार, गाग्री ओडार, खोटी सल्लामा बसेका जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार हराएको मानिस ओडारमा बसेको खबर प्राप्त भएको बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले सो क्षेत्रमा खाद्यान्न बोकेर हेलेकोप्टर जाने तयारी भए पनि हिउँ धेरै परेकाले तत्काल उद्धार गर्न सकिने अवस्था नरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!