पछिल्लो समय धेरैको रोजाइमा पर्ने गरेको सामाजिक संजाल हो टिकटक । यसका प्रयोगकर्ताहरु विश्वभर करोडौं छन अहिले । धेरैले टिकटकलाई आफ्नो कलाकारिता क्षेत्रमा करियर बनाउने प्लेटफर्मका रुपमा पनि प्रयोग गरेका छनभने कतिपयले टिकटकबाट थुप्रै आम्दानी पनि गरेका छन ।
पछिल्लो समय पुण्य गौतम आफै पनि टिकटक प्रयोगकर्ता हुन । गौतमले टिकटकमा लाईभ बसेको भिडियोहरु थुप्रै भाइरल भएका छन । टिकटकमा लाईभ बसे बापत थुप्रै पैसा कमाएको पनि पुण्य गौतम बताउँछन । टिकटकबाटै कमाएको रकम आफुले करिब १ लाख भन्दा धेरै रुपैयाँ आर्थिक स्थिति कमजोर भएका बिरामिहरुलाई पनि सहयोग गरेको र फेरि पनि सहयोग गर्ने बताएका छन ।
अहिले पुण्य गौतमले अन्तर्वार्तामा आफुले केही लाख पैसा कमाएको र धेरै पैसा आफुले गरिब दुखीलाई सहयोग गरेको बताए ।करोड नै कमाइ नसकेको पनि उनले बताए ।उनी लगायत टिकटक प्रयोगकर्तालाई भिखारी भन्नेलाई यस्तो जवाफ दिएर सातो समेत लिएका छन् ।
वर्षौं पहिले अन्जु पन्तले गाएको “न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई” बोलको गीत अहिले रचना रीमालले गाउँदा पुण्य गौतम रिसाएका छन् ।रचनाले गीत गाउँदा कतैपनी मुल गायिकालाई श्रेय नदिएको भन्दै उनी जंगीएका हुन् ।रचनासंग फोन गरेरै उनले जवाफ खोजेका छन् ।
भिडियो हेर्नुस् :- https://youtu.be/HXqSDOq8wOQ