काठमाडौं :

चन्द्रागिरिमा हिउँ खेलेर फर्किदा हराएका ५ जना महिला तथा बालबालिकाको चन्द्रागिरी जंगलबाट गएराति प्रहरीले उद्धार गरेको छ ।

चन्द्रागिरी डाँडामा सोमबार हिउँ खेल्न गएका चन्द्रागिरी नगरपालिका–६ महादेवस्थान बस्ने एकै परिवारका २३ वर्षीया रिता गुरुङ, १५ वर्षीया सौभाग्य गुरुङ, १३ वर्षीय सहज गुरुङ, ११ वर्षीया जेनिसा गुरुङ र ७ वर्षीय एरविन गुरुङको प्रहरीले उद्धार गरेको हो ।

आइतबार हिउँ खेल्न गएका उनीहरू फर्कने क्रममा हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ खोजीमा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय नगर प्रहरी कार्यालय भृकुटीमण्डप तथा विपद् व्यवस्थापन गुल्म सामाखुसीबाट संयुक्त प्रहरीको टोली खटिएको थियो ।

लगातार ५ घण्टाको खोजी पश्चात उनीहरूलाई फेला पारी सकुशल उद्धार गरिएको हो ।

उनीहरूलाई स्वास्थ्य परीक्षण गराई आफन्तको जिम्मा लगाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सिन्धुपाल्चोक :

सिन्धुपाल्चोक बलेफी गाउँपालिका-७ स्थित माथिल्लो चिम्लिङमा दुईजनाको ह’ ‘त्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ह’ ‘त्या अभियोगमा ठाउँका विजयबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले बताए ।

आइतबार बेलुका पौने ८ बजेको समयमा तामाङले खु’कु’री प्र’हा’र ग’री दुईजनाको ह’ ‘त्या गरेकाे प्रहरीले जनाएकाे छ । ह’ ‘त्यापश्चात भागेका उनलाई राति ९ बजे कुलबाध सामुदायिक वनमा लुकिछिपी रहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

गाउँमा ह’ ‘त्याकाे घटना भएलगत्तै तत्काल प्रहरी चौकी लामोसाँघुबाट प्रहरी नायब निरीक्षक, इलाका प्रहरी कार्यालय बाह्रविसेबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको थियो ।

प्रारम्भिक सोधपुछमा तामाङले ह’ ‘त्या स्वीकार गरेको तथा स्थानीय व्यक्तिबाट सनाखत गराउँदा उनले नै घटना गराएको भन्ने खुल्न आएको सिन्धुपाल्चोकका सूचना अधिकारी बस्नेतले बताए ।

तामाङलाई पक्राउ गरिएको र घटनास्थल लास जाँच प्रकृति मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि अस्पतालमपठाइएको बस्नेतको भनाइ छ । तामाङविरुद्ध धा’रि’लो ह’ति’या’र खु’कु’री प्र’हा’र ग’री ज्या’न मा’र्ने उ’द्यो’ग गरेको कसूरमा इलाका प्रहरी कार्यालय बाह्रबिसेमा मुद्दा दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!