केही दिन अघि मोरङ जिल्लाको उर्लाबारीकि रबिना रोका आफ्नो श्रीमान अर्कै केटि लिएर फ’रार भएको भन्दै खोजी कार्यका लागि सहयोग माग्दै मिडियामा आएकी थिइन् । आफू बैदेशिक रोजगारीमा कुबेत रहेकै बेला यता श्रीमानले अर्कि लिएर हिडेको उनको भनाई थियो । एक वर्ष अगाडि नै श्रीमानले अर्कि लिएर हिँडेको भएता पनि आफू एक महिना अघि घर आएकोले अहिले श्रीमान खोज्दै मिडिया मा आएको रबिनाको भनाई थियो । घर परिवारसगँ श्रीमान को सम्पर्क भएता पनि आफुसगँ भने सम्पर्क नभएको उनले बताएकी थिइन् ।

आफू घर सल्लाहले नै वैदेशिक रोजगारिमा गएको तर यता श्रीमानले अर्कि ल्याएको उनले बताईन । रबिना मिडियामा आए पछि भने उनका श्रीमान बिनोद सम्पर्कमा आएका छन । बिनोदसगैँ उनकि कान्छी श्रीमती पनि सम्पर्कमा आएकि छिन । सम्पर्कमा आएका श्रीमान बिनोदले भने आफुले रबिनालाई घर बोलाउँदा समेत नआएको बताए । तर रबिनाले भने बिदेशमा भन्ने बित्तिकै आउन नमिलेकोले आफू आउन नसकेको बताईन । तर नेपाल आए पछि आफू सुरु मा घर गएको उनको भनाई छ ।

श्रीमानलाई घर बोलाउँदा पनि घर नआए पछि आफू माइतिमा बसेको उनले बताईन । बिनोदले भने रबिनाले बिदेशबाट जे सुकै गर्नु वास्ता छैन भने पछि आफुले अर्कै बिबाह गरेको बताएका छन । तर रबिनाले भने बिनोदले जति बेला पनि नेपाल आएर डिभोर्स दे भन्न थाले पछि आफुले उक्त कुरा भनेको बताईन । अब आफू श्रीमान बिनोदसगँ बस्न नसक्ने भन्दै आफू र आफ्नो छोराले पाउनु पर्ने अधिकार बिनोदले दिनु पर्ने रबिनाले माग गरेकी छिन ।

रबिनाले उक्त कुरा बताए पछि बिनोदका घर पक्षले आफुहरुसगँ त्यति धेरै सम्पत्ति नभएको भन्दै जति पाउनु पर्ने हो त्यो रबिना र बिनोद दुबैको नभै उनिहरुको छोराले पाउने बताए । बिनोदको घर पक्षको उक्त कुरा आए पछि भने रबिनाका माइती पक्षसगँ केही बिबाद भएको थियो । तर बिनोद पक्षले भने छोराको नाममा भएको रबिनाकै हुने बताए । तर रबिना पक्षले भने छोराले मात्र पाउँदा यदि पछि छोरा बाउसगँ गए रबिनाको बिचल्नी हुने उनिहरुले बताएका छन ।

उनिहरुको विवाद बढ्दै गए पछि सहमती हुन सकेन । बिनोदले भने आफू रबिनासगँ अब बस्न नचाहेको र दिनका लागि आफुसगँ केही नभएको पनि बताए । आफुहरुले वार्ड कार्यलय गएर जे जस्तो भए पनि सहमती गर्ने बिनोद पक्षको भनाई रहेको थियो । उनिहरुको कुनै सहमती नभए पछि प्रहरी कार्यलय जाने रबिना पक्षले बताए । बिनोद आफु बरु जेल समेत जान तयार भएको भन्दै रबिनालाई दिन केहि नभएको बताए । बिनोद सहमतिमा नआए पछि उनलाई प्रहरिको जिम्मामा पठाइएको छ ।

भिडियो हेर्नुस :- https://youtu.be/iziKbvXygM8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!