पाल्पा– जिल्लाको रैनादेवी छहरा ८ क्यूरेछेडा स्थित क्यूरेछेडा सामुदायिक वनमा एक युवतीको शव फेला परेको छ ।रैनादेवी छहरा गाउँपालिका ७ गहतेबस्ने तारा खड्काको श्रीमती ३३ वर्षीय भवि रेश्मी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए।घटनास्थलमा प्रहरी परिचालन भई थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता त्वातीले जानकारी दिए ।

यो पनि पढ्नुहोस -पाल्पा जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा बेहोस अवस्थामा भेटिएका एक जनाको शनिबार मृत्यु भएको छ।अर्घाखाँचीको छत्रकोट गाउँपालिका- ४ रिठाको रुख स्थायी ठेगाना भइ तानसेनमा मागेर खाँदै हिड्ने ५० वर्षीय गणेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्षमण पचभैयाले बताए ।

तानसेन नगरपालिका -६ बसपार्कमा भित्तामा अढेस लागेर घोप्टो परेर बसिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।बेहोस अवस्थामा रहेका उनलाई उपचारको लागि जिल्ला अस्पताल पाल्पामा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि आजै तानसेन -४ बडिज्ञानटोल भाडामा बस्ने ३८ वर्षीय वसन्त गिरी मृत फेला परेका थिए।

ज्याला मजदुरी गर्दै आएका उनी आज विहान करिब ८ बजे तानसेन नगरपालिका -४ सिल्खानटोलस्थित तानसेन-गुल्मी सडकको भित्तामा घोप्टो परेको अवस्थामा भेटिएका थिए।दुवै जनाको चिसोले कठ्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने स्थानीयको आशंका छ। तानसेनमा लगातार दुई दिनसम्म वर्षा भइरहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!