रौतहटमा एक महिलाको श’व गहुँबारीमा फे’ला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको श’व फेला परेको हो । ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खा’तुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फे’ला परेको उनको भनाइ छ ।

प्र’हरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । ‘उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रह’री उपरिक्षक घिमिरेले भने, ‘शवलाई पो’ष्टमार्टम पछि ह”त्याको बारेमा थप कुरा खुल्ने छ । यस्तै,,लामो समय रोजगारीको सिलसिलामा इजरायलमा बसेर गत शुक्रबार फेब्रुअरी ४ तारिख नेपाल प्रस्थान गरेकी ग्याष्ट्रिक क्यान्सर पि’डित ताप्लेजुङकी ४५ बर्षिया अर्चना चोङवाङको मंगलबार नेपालमा नि’धन भएको छ ।

वैदेशिक रोजगारको सिलसिलमा इजरायलमा रहेकी चोङवाङ शुक्रवार नेपाल फर्केकी थिइन् । नेपाली राजदूतावास तेल अबिब ईजरायल ले अर्चनाको नि’धन प्रति गहिरो दु:ख व्यक्त गरेको छ । अर्चनाको नि’धनप्रति एक सूचना जारी गर्दै दूतावासले मृ’तात्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्र’द्धाञ्जली व्यक्त गरेको छ । उनलाई परिवारको सहमतिमा डाक्टरको सल्लाह बमोजिम गत शुक्रबार मेडिकलइस्कर्ट सहित ईजरायलबाट नेपाल पठाइएको थियो । शुक्रवार नेपाल फर्किएकी उनको मङ्गलबार नि’धन भएको हो ।

किराँत याक्थुङ चुम्लुङ इजरायलकि सदस्य समेत रहेकी अर्चना चोङवाङप्रति कियाचु इजरायलले पनि हार्दिक श्र’द्धाञ्जली व्यक्त गरेको छ । यस्तै,,बाँके र बर्दियामा बाघ गणनाका लागि निकुञ्जमा राखिएका क्यामेरा चो’री हुँदा गणना प्रभावित हुने गरेको छ । बाघ गणना गर्दा एक ठाउँमा झन्डै १५ दिनसम्म क्यामेरा राख्ने गरिएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा चार ब्लक बनाएर बाघ गणना भइरहेको छ । यी दुई निकुञ्जमा गणनाका लागि राखिएका २३ क्यामेरा चोरी तथा तो’डफोड भएको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा। रवीन कडरियाले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गएको मङ्सिर २९ गतेदेखि बर्दिया र बाँकेका लागि बाघ गणना कार्य सुरु गरेको थियो । बाघ सर्वेक्षणका क्रममा देखिएको बाघको ुमुभमेन्टु लाई हेर्दा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढ्ने अनुमान गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले बताउनुभयो । उहाँका अनुसार एक नम्बर ब्लकमा नौ, दुई र तीन नम्बर ब्लकमा चार–चार क्यामेरा चो’री भएको छ । ६ क्यामेरा हात्तीले तो’डफोड गरिदिएको पाइएको छ ।

एउटा क्यामेराको मूल्य ४० हजार रुपैयाँ पर्दछ । पहिलो र दोस्रो नम्बर ब्लक पूरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ । तेस्रो नम्बर ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । चौथो नम्बर ब्लकमा पूरै बाँके राष्ट्रिय निकुञ्जपर्ने उहाँले बताउनुभयो निकुञ्ज क्षेत्रमा घाँस काट्न जाने तथा वन्यजन्तु चो’री सि’कारीले क्यामेरा चो’री गर्ने गरेको उहाँको भनाइ छ । अहिलेसम्म पहिलो र दोस्रो नम्बर ब्लकको काम सकिएको छ भने तेस्रो र चौथो नम्बर ब्लकमा काम भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!