पछिल्लो समय नेपालमा धेरै दर्शकहरुले नेपालि टेलि सिरियल हेर्न अनि उक्त कथा बस्तुबाटै मनोरंजन लिनेहरु प्रसस्तै पाउन सकिन्छ। कुनै समय सडक नाटक हुदै टेलिभिजन सम्म पुगेका धेरै सिरीयालहरु तपाइँ हामी पनि अहिले सम्म देख्दै अनि हेर्दै आयका छौं। नेपालमा हाल युट्युब र टेलिभिजनमा समेत दर्सकहरु मनोरंजनका लागी कमेडी अथवा अन्य कथाको आधारमा बनाइयका सिरियलहरुको पर्खाइमै बसेको देख्न सकिन्छ। आफुलाई मन पर्ने सिरियल आउने बार चाडै खाना खायर पर्खाइमा तपाइँ हामी समेत सायद बसेकै हो। पछिल्लो समय डिजिटल समय आइसकेपछि टेलिभिजन संगै युट्युबमा समेत धेरै दर्शक श्रोताहरु पर्खाइमा बस्ने गर्नुहुन्छ। कुनै समय एउटै सिरियल हेर्दै आयका दर्शकहरु कलाकारको बिकास संगै प्रबिधी संगै आउदै गर्दा अहिले बजारमा त्यस्ता मनोरंजन दिने सिरियलहरू धेरै पाउन सकिन्छ।

पछिल्लो समय बजारमा चलेका सिरियलहरू सक्किगोनी, मेरी बास्सै, कान्छी, भुन्टी, हर्के हवल्दार, जुठे, बुहारी लगायत धेरै नेपाली सिरियलहरूले निकैनै युट्युबमा दर्शकहरुको साथ पायको तपाइँ हामी देख्न सकिन्छ। प्राय मनोरंजनकै लागी हेर्दैआइयको त्यस्ता सिरियलहरु पछिल्लो समय बुढा पाका देखी बाल-बच्चाहरुले समेत निकैनै मन पराउदै आयका छन्। जसबाट धेरैले अपेक्षा समेत गर्दै आयको पाउन सकिन्छ कि जुन सिरियलले समाजमा केहि न केहि भयपनी संदेश दिने गरोश अथवा जसले हामीलाई केहि सिकाओस भन्ने चाहना धेरैको हुदै आयपनी केहि सिरियलहरु ले त्यस्ता संदेश दिदै आयका छन् भने कहिले बढि मात्रमा मनोरन्जनको पाटो पस्किदै आयको देख्दै आयका छौं। पछिल्लो समय नेपालमा यसरी धेरैको माग सिरियलमा हुदै जादा त्यस्ता टेलि शृंखलाहरु पनि बढेर गयको बुझ्न सक्छौं।

त्यस्तै गरेर पछिल्लो समय गणेश बाबु बिकले नया सिरियल लियर आयका छन्। आफ्नु परिकल्पनामा जिबिके इण्टर्टेण्मेण्ट युटुब च्यानलबाट हरेक हप्ताको बिहिबार आउने गरेर “माइला भाग १” देखी युटुबको माध्यमबाट सबैमाझ सार्बजनिक गरेका छन्। पछि गयर दर्शकहरुले रुचाउदै गया तिलिभिजन सम्म पुर्याउने समेत उनले हामीसंगको कुराकानीको क्रममा बतायका थिय। यस भन्दा अगाडि पनि गणेशले दर्जनौं नेपालि लोक दोहोरी गीतमा आवाज भरिसकेका छन् भने केहि टेलि सिरियल हरुमा समेत उनले गोठे बुढाको भूमिका निभाउदै आयका छन्। पछिल्लो समय उनि बैदेशिक रोजगारगारको क्रममा दुबैमा जाने बाध्यता-परेको बताउदै उनि बिदेशमै रहेपनि नेपालि दर्शकहरु माझ आफ्नो माया सधै रहोश भन्ने उदेश्यले उनले माइला सिरियल लियर आयका हुन्। जसले गर्दा पछि गयर नेपालमै रहेर सबै नेपालि दर्शकहरुको माया पाउने उनले अपेक्षा समेत गर्दै आयका छन्।

भर्खर सार्बजनिक भयको माइला सिरियलमा निर्देशन सुबाश गदालले गरेका छन् भने छायाकन प्रकाश प्युठानि र बिशाल बरालले गरेका छन्। जुन सिरियललाई सम्पादन अनिल बिष्ठ प्युठानिले गरेका छन्। त्यस्तै उक्त सिरियलका कलाकारको श्रिङ्गर अनिशा नानुले गरेकी छिन। काठमाण्डौको जितपुर फेदीमा सुटिङ्ग हुने उक्त सिरियलको बेवास्थापन राजकुमार गिरीले गर्नु भयको छ। जुन सिरियलमा धेरै नया तथा पुराना कलाकारहरु जोडिदै आयका छन्। जसमा सारदा गिरि, गणेश बाबु बिक, राजकुमार गिरि, प्रमोद तामाङ्ग, सुबाश गदाल, धुर्ब कमेडी, रिया टन्डन छेत्री, आशा बिश्वकर्मा, अम्बिका मोक्तान, शिभराज शर्मा, अनिशा नानु, जगत रोकाय, सुरज रोकाय, प्रशु श्रेष्ठ कलाकारहरु जोडियका छन्। नेपालमा सिरियलको बिकाश हुदै जादा माइला सिरियलले आउने दिनमा कति सफलता पाउने हो त्यो भने हेर्न बाकिनै छ, सम्पुर्ण टिमलाई सुभकामना। पहिलो भागको भिडियो तल हेर्नुहोस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!