केहि दिन अघि म्याग्दिका गोकुल भण्डारी आफ्नी श्रीमती आफू कुबेतबाट घर फर्किने बेला अर्कैसगँ गएको भन्दै म्यासेज गरेर आफुले कमाएको समेत लिएर हिडेको भन्दै मिडियामा आएका थिए । आफू केहि दिन अघि मात्र नेपाल आइपुगेको र घर आउदाँ श्रीमतिले आफुले कमाएको सबै लिएर हिडेको उनको भनाई थियो । एक छोरी राम्रोसगँ बोल्न, हिँड्न नसक्ने भएको र अर्कि छोरी सानै भएकोले आफू श्रीमतिको खोजी गर्दै मिडियामा आएको गोकुलले बताएका थिए ।

यसरी गोकुल मिडियामा आए पछि गोकुलकी श्रीमती मिना सम्पर्कमा आएकी छिन । गोकुल मिडियामा आएको भिडियो बाहिरिएपछि उक्त कुरा थाहा पाएर मिना आफुले कतै बिबाह नगरेको भन्दै सम्पर्कमा आएकी हुन । त्यसरी सम्पर्कमा आएकी मिना अहिले घर समेत फर्की सकेकी छिन । गोकुलले श्रीमती फर्किएर घर आइ सकेको फोन सम्पर्कमा बताए । पैसाको लेनदेन नमिलेकोले आफू अदालतमा जाने गोकुलले बताए । स्थानिय एक ब्याक्तिले श्रीमती मार्फत पैसा खाएको उनले बताए ।

यता मिनाले भने स्थानिय छिमेकी भिनाजु पर्ने एक ब्याक्तिले पोर्चुगल जाने भनी आफुसगँ सुरुमा पैसा मागेको उनले बताईन । पछि आफू पोर्चुगल पुगे पछि तिमिलाई पनि लिएर जाने भन्दै ८ लाख रुपैयाँ दिन ती भिनाजुले आफुलाई भनेको मिनाले बताईन । तर आफुहरु दुबैजना बिबाहित र परिवार समेत भएकोले आफू त्यसो गर्न नसक्ने भन्दा उस्ले आफुले श्रीमतीसगँ समेत सल्लाह गरेको भन्दै नक्कली कागजपत्र बनाएर जादाँ केही नहुने भनी आफुलाई लोभ देखाएकोले आफू त्यसैमा परेको उनको भनाई छ ।

आफुहरुले आफ्नो छोरी र उक्त ब्याक्तिको छोरा समेत गरि कागजपत्र बनाएको प्रमाण आफुसगं भएको उनले बताईन । त्यसै अनुरुप ती भिनाजु पर्नेले आफुबाट ८ लाख रुपैयाँ लिएको र श्रीमान आउने बेलासम्म बिदेश पनि नगएकोले उक्त कुरा श्रीमानलाई थाहा नभै आफुले गरेको हुनाले श्रीमान आए पछि आफुले जवाफ दिने ठाउँ नभएर आफू हिडेको मिनाको भनाई छ । तर आफुले कसैसगँ बिबाह भने नगरेको उनले बताएकी छिन । आफुलाई राम्रो देश गएर उतै परिवार लगेर बस्न सकिन्छ भन्ने लोभ देखाएकोले आफू फ’सेको उनले बताईन ।

श्रीमान बिदेशबाट नेपालका लागि हिँड्न तयार भए पछि यता पैसा नदिए पछि डरले आफू घर छोडेको र श्रीमानलाई आफुले बिबाह गरेको भनी म्यासेज बाध्य भएको गरेको पनि मिनाले बताएकी छिन । त्यो भिनाजु भन्ने ब्याक्तिले आफ्नो जिन्दगी बि´गा`र्दिएको उनले बताईन । उनको कोठाबाट कन्डम र पिल्स चक्की भेटिएको कुरा भने सत्य भएको उनले बताईन । पैसा लागि सके पछि भने भिनाजु पर्नेले आफुसगँ ज’बर्ज’स्ति सम्पर्क राखेको उनले बताईन । अहिले आफुहरु त्यही उजु’री गर्न लागेको उनको भनाई छ ।

भिडियो हेर्नुस:- https://youtu.be/y2-9LW6hIiQ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!