September 29, 2022

सुनसरिको धरान घर भएकी जेनिशा मगर आफ्नो श्रीमान फरार भएको भन्दै खोजी गर्न सहयोग माग्दै मिडियामा आएकी छिन । श्रीमान सुजन मगर गत बैशाख देखि सम्पर्क बिहिन भएको जेनिशाले बताएकी छिन । आफुले धेरै ठाउँ तिर खोजी गरेको भएता पनि कतै पत्ता लगाउन नसके पछि मिडियामा आएको उनको भनाई छ । श्रीमान सुजन यश अघि पनि एक वर्ष जति सम्पर्क बिहिन भएको उनले बताएकी छिन । पहिले सम्पर्क बिहिन भए पछि खोजी गरेर घर ल्याएको भएता पनि फेरि फ’रार भएको उनले बताईन ।

सुजनसगँ आफ्नो सात वर्ष अघि बिबाह भएको जेनिशाले बताएकी छिन । बिबाह अघि पनि सुजनसगँ चिनजान भएकोले आफुहरु करिव एक वर्ष जति बोलचाल गरेको जेनिशाले बताईन । त्यस पछि सुजनको परिवार सहित आएर आफ्नो घरमा कुरा गरि बिबाह गरेको जेनिशाले बताएकी छिन । उमेर त्यति धेरै नभएकोले बिबाह भएको ७ वर्ष भएता पनि बच्चा भने नजन्माएको उनले बताईन । बिबाह अघि पनि एक वर्ष सम्म आफुहरु बोल्दा सुजन राम्रो सग बोल्ने र बानी ब्याबहार निकै राम्रो भएको उनले बताईन ।

श्रीमान अहिले तरहरा माइती भै धरान कै बगरकोट घर भएकी हिमा बिक सगँ फरार भएको हुन सक्ने उनको भनाई छ । श्रीमान सुजन र हिमा यस अघि पनि एक वर्ष जति फरार भएर सगैँ बसेको भेटेको हुनाले अहिले पनि उनिहरु सगैँ हुन सक्ने उनले बताईन । श्रीमानको हिमासगँ सम्बन्ध बिहे हुनु भन्दा अगाडि देखि नै रहेको भन्ने आफुले उनिहरु फरार भए पछि बुझेको जेनिशाले बताएकी छिन । अन्तरजातीय भएका कारण सुजनको परिवारले हिमालाई अस्वीकार गरे पछि आफुसगँ बिबाह भएको भन्ने आफुले अहिले थाहा पाएको उनको भनाई छ ।

श्रीमानले आफुसगँ बिबाह गरे पछि हिमाले पनि बिबाह गरेको उनले बताईन । तर उनिहरुबिच कुराकानी र सम्बन्ध भने रहेको जेनिशाको भनाई छ । तर आफुले त्यसबारेमा ७ वर्ष सम्म सगैँ बस्दा कहिल्यै थाहा नपाएको उनले बताईन । आफुहरुक्क कहिले पनि कुनै बिबाद नभएकोले आफुले श्रीमानको बिश्वास गरेको जेनिशाले बताईन । तर केही वर्ष अघि हिमा बिदेश गरेको र हिमा बिदेश गए पछि आफ्नो श्रीमान पनि काठमाडौ जाने भएर गए पछि सम्पर्क बिहिन भएको उनले बताईन ।

श्रीमान काठमाडौ गए पछि हिमा पनि बिदेशबाट फर्किएर पोखरामा सगैँ बसेको आफुहरुले खोजी गर्दै जादाँ भेटे पछि बहुबिबाहको मुद्दामा उनिहरु २५ दिन हिरासतमा बसेको जेनिशाले बताईन । पछि उनिहरु धरौटीमा छुटेर हिमा आफ्नो माइती गएको र श्रीमान घर आएर बसेको उनको भनाई छ । त्यसरी आएर बसेको १५/२० दिन पछि गत बैशाखमा हिमा र आफ्नो श्रीमान फेरि एकै दिन फरार भएकोले उनिहरु सगै गएको जेनिशाको भनाई छ । यसरी सम्पर्क बिहिन भएर नहुने भन्दै उनले श्रीमानलाई घर आउन अनुरोध गरेकी छिन । दुबै जनालाई मिलाएर राखे आफू श्रीमानसगँ बस्न तयार भएको उनको भनाई छ । नभए आफू कानुन अनुसार जाने जेनिशाले बताई ।

भिडियो हेर्नुस :- https://youtu.be/rHikle3bMlE

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!