गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ३ मा बुढा भएका आमाबुबा ४२ वर्षको छोरोलाई स्याहार गरेर बसिरहेका छन् ।४२ वर्षका यी दाई ।घरमा बुबाआमा छैनन् भने रुएर बस्छन् ।हिड्न डुल्न केही गर्न नसक्ने यी अपांग छोराको भविस्य सम्झिएर आमाबुबाले उनैलाई हेरेर बस्ने निधो गरे ।
अरु छोराछोरीको त हातगोडा छ कमाएर खान सक्छन् तर यी अ पांग छोराको कोहि सहारा नहुने हुँदा आमाबुबाले नै हेरेर बसेका छन् ।आफू भइन्जेल त छोरो बाँच्ला तर आफू म रेपछी अ पांग छोरोपनी एक्लै हुने हुँदा छोराको पिर उनीहरू रु ने गर्छन् ।
अरु छोराछोरीको विवाह भएर राम्रो घरजम भयो ।एउटा छोरो यस्तो अ पांग भएपछि उनीहरू निकै दुखी छन् ।छोरोले पनि दुख नपाओस भनेर बरु आफू भन्दा अगाडि नै छोरोको मृ त्यु भएर आफैले स्याहार गर्दागर्दै जाओस् भन्ने उनीहरू चाहन्छन् ।
यसरी छोरोको चाकर गर्दै आफ्नो जीवन काटी रहेका आमाबुबालाई हामी पनि निकै धन्यवाद दिन चाहान्छौ।
भिडियो हेर्नुस् :- https://youtu.be/EKKTFmw9MgE
श्रीमान र छोरा हराएपछी यी आमाको निकै बिचल्ली भएको छ।घरमा उनी एक्लै रुदै दिन बिताउछिन।उनको यो अवस्था देखेपछि विभिन्न ब्यक्तीले सहयोग गर्नु भएको छ। यो सहयोग पाउँदा आमा निकैनै खुसी हुनु भएको छ।
सबैलाइ आफ्नै छोरा जस्तो लागेको बताउनु भएको छ।बत्ती छैन, सुत्दा आसु आउने हजुर आमा बताउनु हुन्छ। साहारा कोहि नहुदा निकैनै गारो भयेको बताउनु हुन्छ।अब श्रीमान आउने कुनै पनि आस नभएको आमा बताउनु हुन्छ।
बुढी छु मेरो अब साहारा पनि कोइ छैनन। कुनै बेला बिरामी पनि हुइन्छ । पानी समेत तताएर दिने मान्छे कोहि पनि छैनन भन्दै उनी बुढी आमा रुदै आफ्नो ब्यथा सुनाउछिन।सययोग पाउँदा खुसी भएपनी आफुलाइ केही पर्दा कोहि नजिकै साथ दिने नभएको बताउनु हुन्छ।
भिडियो हेर्नुस् :- https://youtu.be/yvZ-GZGw1Pc