September 29, 2022

सक्किगोनी हास्य टेलि सिरियलका लेखक तथा पात्र अर्जुन घिमिरे (पाँडे) ज्युको आमाको आज असामहिक निधन। ग्रीनसिटी हस्पिटलमा जिवन र मृत्यु सँग सङ्घर्ष गरिरहनु भएको थियो, आमा लाई शिघ्र स्वास्थ्य लाभको कामना सहित भगवान सँग आमा लाई चाडै ठिक होस भनि प्रार्थना गरिरहे काे थिए अर्जुन लामो समयदेखि सक्किगोनि पनि खेलेका थिएनन् कारण भने पि’डादा’यी थीयो। दर्शकलाई सधैं हँसाइरहने उनै अर्जुनका अगाडि भने यतिबेला आमा बि’रामी भएका कारण दुःखको पहाड उभिएको छ।

आमालाई मस्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएको कारण पाँडे बुढा सिरियलबाट टाढा रहेर आमाप्रतिको कर्तव्य निर्वाह गरिरहेका छन्। लामो समयदेखि आमा अस्वस्थ भएर अस्पताल भर्ना भएका कारण उनी पी’डामा छन्। आमालाई म’स्तिष्कघा’त भएर अस्पताल भर्ना गरिएदेखि सक्किगोनिका मुख्य कलाकारमध्येका एक अर्जुन घिमिरे त्यसमा देखिएका छैनन्।सधैं उनको पर्खाइमा टेलिभिजन अगाडि रहने दर्शक भने महिनौंसम्म उनीलाई नदेख्दा निराश भइरहेका थिए। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

काठमाडौं, माघ २८ – हास्यशृंखला भद्रगोल र सक्किगोनीका ‘पाँडे’ हास्य अभिनयका चर्चित पात्र हुन् । फटाहा प्रवृत्तिको गाउँले बुढाको भूमिकामा पाँडेको अभिनय खुब रुचाइएको छ । स्थायी घर नुवाकोट भएका पाँडेको सक्कली नाम हो, अर्जुन घिमिरे ।

०७० अघि ‘सिस्नुपानी’ सिरियलमा काम गर्थे । त्यति बेला कुमार कट्टेल ‘जिग्री’ ‘मेरी बास्सै’मा अभिनय गर्थे । जिग्रीले मेरी बास्सै छाडेपछि दुइबीच भेटघाट बाक्लिन थाल्यो र नयाँ हास्य टेलिसिरियल ल्याउनेबारे कुरा चल्न थाल्यो । लामो छलफलपछि ‘भद्रगोल’ ल्याउने निर्णयमा पुगेका थिए । त्यसपश्चात ०७० मा भद्रग्रोल ल्याएका थिए । भद्रगोल ल्याउने निश्चित भएपछि पात्रबारे छलफल सुरु हुन थाले । पात्र कस्ता चयन गर्दा दर्शकले रुचाउँछन् भन्ने सोच्न थाले ।

सिरियलमा एउटा बुढो–बुढो, कतै पनि नमिल्ने फटाहा प्रकृतिको पात्र राख्ने निर्णय भयो । त्यो चरित्रमा घिमिरे आफैले अभिनय गर्ने निर्णय भयो । तर, नाम के राख्ने भन्ने निर्णयमा लिन समय लाग्यो । सुरुमा ‘भँडारी बा’ राख्ने सल्लाह भएको थियो । भण्डारीलाई गाउँघरमा चलनचल्तीको भाषामा भँडारी भन्ने गरिएको र त्यसैलाई जोडेर ‘भँडारी बा’ राख्ने टिममा सल्लाह भएको थियो । छलफल चल्दै गर्दा यता पनि नमिल्ने उता पनि नमिल्ने अर्थात् आलुपाँडे चरित्रमा त ‘पाँडे’ नै नाम राखौँ कि भन्ने कुमार कट्टेले प्रस्ताव गरेका थिए ।

अनि अन्ततः पाँडे नै राखियो । भँडारी बा देखि पाँडे बन्ने भएपछि अभिनय गर्ने भन्ने विषयले सतायो ? पाँडेलाई गेटअपदेखि, हाउभाउ र बोली सबै बदल्नुपर्ने थियो । त्यसपछि पाँडे पात्रमा ‘रिहर्सल’ सुरु गरेको थिए । रिहर्सलमा पाँडेलाई स्वर निकाल्नै सुरुमा निकै अप्ठ्यारो भयो । सिक्दासिक्दा केही दिन घाँटी दुखेर समसया समेत आएको थियो । पछि बानी पर्दै गयो र पाँडे चरित्रमा डुबेपछि पर्दाका लागि तयार भयो ।

त्यतिखेर पाँडेले जुँगा पनि पालेको थिएन, नक्कली नै राख्थे, कुप्रो पर्थे । यी सबै १०–१२ पाटातिर विचार पुर्याएर अभिनय गर्न मुस्किल भएको सुनाए । कहिले जुँगा उप्किने, कहिले कुप्रिएको नमिल्नेजस्ता समस्या सुरु–सुरुमा आइरहन्थे । उनले जे होस् भनेर हावाकै भरमा पाँडेको अभिनय गरेका थिए । यो अभिनयमा स्थापित हुने उनले सोचेका थिएनन् । तर, त्यो पात्रै धेरै दर्शकले रुचाइए । दर्शकको माया पाउन थालेपछि भने आफूले निर्वाह गरेको चरित्रमा डुबेर अभिनय गर्न थालेको थिए ।

अभिनयको सुरुवाती दिनमा लगाउने कपडाको पनि समस्या थियो । पुराना कपडा लगाउनुपर्ने, तर कहाँबाट ल्याउने भन्ने पनि समसया आयो । अन्ततः सुटिङस्पट नजिकैका एक जना दाइको दौरासुरुवाल मागेर लगाएका थिए । केही शृंखला त्यसरी चलेपछि स्थायी रूपमै कपडाको जोहो गरियो । दौरा सुरुवाल त नयाँ सिलाए, तर कोट पुरानो–पुरानो देखिने चाहिएको थियो ।

टिममा सल्लाह गर्दा सहकर्मी कलाकार कमलमणि नेपाल ‘खुपीका बाउ’को काकाको कोट ल्याउने कुरा भयो । मोरङबाट त्यो कोट मगाएर अभिनय सुरु गर्न थालका थिए । उनले अहिलेसम्म पनि त्यही जडौरी कोट लगाएर अभिनय गरिरहेको छ । पहिले चप्पल नलगाई अभिनय गर्ने गरे पनि अहिले भने चप्पल लगाउन थालेका छन् । ‘भद्रगोल’को पाँडे भनेर होस् या अर्जुन घिमिरे पाँडे भनेर होस्, धेरै दर्शकले उनलाई चिनेका छन् । तर, पाँडेको अभिनयमा चिन्ने दर्ककले अर्जुन घिमिरेको रियल गेटअपमा हिँड्दा कमैले ठम्याउँन सक्टन् । चिनिसकेपछि पनि झुक्किन्छन् । यस्तो भर्खरको केटोले कहाँ त्यस्तो बुढोको अभिनय गर्न सक्ला भन्ने जिज्ञासा राख्न सक्छन् ।

त्यसो त समाजमा मिल्न नसक्ने र भाँडभैलो मच्चाउन उद्यत हुने पात्र भनेर पाँडेप्रति असन्तुष्टि जनाउनेहरू पनि पाँडेले भेटेका छन् । पाँडे भन्छन्, ‘समग्रमा पाँडे पात्र बनेर जसरी मेरो परिचय स्थापित भएको छ, मैले त्यो चरित्रमार्फत दर्शकलाई अझ बढी मनोरञ्जन दिलाउने प्रयत्न गरिरहेको छु ।

सबैको मनमुटुमा बस्न सफल लोकप्रीय हाँस्य सिरियल ‘सक्कीगोनी’का कलाकार उनै अर्जुन घिमिरे ‘पाँडे’ लाई मातृशोक परेको दुखदायी खबर छ । उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । कलाकार घिमिरेले आमाको निधन भएको बताए । अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको थियो ।

लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् । अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले, आमाको उपचार विधी निक्कै जटिल भएपनि उपचार भने भैरहेको उल्लेख गरेका थिए ।

उनले ८ महिना अगाडि लेखेको एक स्टाटसमा ‘आमाकोे स्वास्थ्य अवस्था ठिक ठाउँमा आइदिए चित्त वुझाउने बाटोसम्म हुने थियोे’ भनेर लेखेका थिए । ग्रिन सिटीमा उपचार भएको करिब १० महिनापछि उनकी आमाको आज बिहान निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!