लोक तथा दोहोरी गायीका कल्पना दाहालले माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल “प्रचण्ड” संग भेटघट गरेकी छिन। कल्पना दाहालले कुनै दोहोरी गाउदै गर्दा समेत प्रचण्ड आफ्नो आफन्त पर्ने बताय संगै उनले आजको भेट पछि पनि प्रचण्ड नाताले ठूलो बुवा पर्ने बतायाकी छिन। पछिल्लो समय एमसीसी को बिषयमा देशमा आन्दोलनहरु भईरहदा प्रचण्डको समेत धेरैले प्रसंसा गर्दै आयका छन्। प्रचण्ड एमसीसी पक्षमा नभयको भन्दै विभिन्न अभियान्ताहरु संगै एमसीसी बिरुद्दमा-आन्दोलनमा पुगेकाहरुले प्रचण्डको गुणगान संगै समर्थन-समेत गर्दै आयको देख्न सकिन्छ। तर कल्पना दाहालको भनाइ अनुसार आज प्रचण्डलाई भेट्नुको उदेश्य अनि कारण समेत खुलायकि छिन। यसभन्दा अगाडि पनि प्रचण्डलाई भेट्न गायक राजेश पायल राई पुगेको भन्ने कुरा समेत निकैनै चर्चाको बिषय बन्न पुगेको थियो।
कल्पना दाहालको भनाइ अनुसार आज बिहानै प्रचण्डले कल्पना दाहालको कला गलाको सम्मान गर्दै बधाई तथा सुभकामना दिनका लागि पारिवारिक भेटघाट खुमल्टार स्थित प्रचण्ड निवास आफ्नै घरमा चिया खान बोलायको बतायकि छिन। नातामा आफ्नो ठुलो बुवा पर्ने भयकाले पनि पारीवारीक भेटघाट भयको उनको भनाई रहेको छ। उनले आफ्नो फेसबुकमा पोस्ट गर्दै भनेकी छिन – “आज बिहानै हाम्रो देशकै सम्मानित व्यक्तित्व पुर्व प्रधानमन्त्री एवम माओबादी केन्द्रका अध्यक्ष आदरणीय प्रचण्ड पुष्पकमल दाहाल नाताले ठूलो बुवा हुँनुहुँन्छ उहाँले मेरो कला गलाको सम्मान गर्दै बधाई तथा सुभकामना दिनका लागि पारिवारिक भेटघाट खुमल्टार प्रचण्ड निवास आफ्नै घरमा चिया खान लाई बोलाउनु भयो। भेट हुँदा खुशी हुँदै मेरो हातमा समाएर छोरी अझै धेरै प्रगती को कामना छ यस्तै राम्रो गर्दै जाउँ जीवन मा उतार चडाप हरु आउँछ्न कहिले हार-नखाउ हिम्मत का साथ अघि बढ भन्दै हौसला र आशिर्वाद प्रदान गर्नुभयो।
म धेरै आभारी छु उहाँ प्रती। बरिस्ठ संगितकार आदरणीय चेतन सापकोटा दादा प्रती पनि म धेरै आभारी छु। म एउटा कुरामा अचम्मित पनि छु किनभने उहाँ जस्तो राजनिती मा व्यस्त व्यक्तिले पनि मेरो कलाकारिता र मेरो जिबनशैली लाई नियाल्न सक्नु भएछ। फुर्सद हुँदा म तिम्रो गित संगित अन्तर्वार्ता हरु हेरिरहेको हुँन्छु भन्नू भयो। योत म अनि मेरो गित संगित क्षेत्रकै ठूलो खुशीको कुरा हो। म आज धेरै खुशी छु। उहाँ पनि दाहाल भएकै कारण मलाई भेट्दा आफ्नै छोरी भेटेको जस्तो भयो भन्नू भयो वंशको को हिसाब ले हामी आफ्नै रगतको-नाता अनि आफ्नोपन को आभास दिलायो। आफ्नै बुवाले जसरि अझै अगाढी बढ मेरो सुभकामना र आशिर्वाद बाँचुन्जेली छ कल्पना छोरी भन्नू भयो। मेरो प्रगतिमा खुशी को पात्र उहाँ पनि हुँनुहुँदो रहेछ भन्नेकुरा महशुश भयो। जुन बेला टुँडिखेल मा प्रथम काँठे लोक दोहोरी प्रतिस्पर्धा मा प्रथम भएको थिएँ।
त्यस बेला देखि नै मेरो हर कुरा हरु नियाल्दै आउँनु भएको रहेछ उहाँले आज यो सब कुरा मलाई सुनाउँदा मेरा आँखा रसाए । यति धेरै मायाँका लागि म उहाँप्रती र उहाँकी छोरी आदरणीय दिज्यु गंगा दाहाल प्रती धेतै धेरै आभारी छु । कुनै पनि पार्टी राजनिती भन्ने कुरा आफ्नो आफ्नो ठाउँमा छ तर मलाई आफ्नै वंशकै अभिभावक भेटेको पाएको अनुभूति भएको छ । म संधैँ कलाकार सबैको साझा फुलबारी जस्तै स्वतन्त्र बन्न चाँहान्छु । मलाई गित संगित क्षेत्रमा अझै अगाढी बढ्नका लागि खुशी र हौसला मिलेको छ। जय गित जय संगित।” कल्पना दाहालले आफ्नो फेसबुकमा लेखेको उक्त पोस्टमा छोटो समयमै धेरै किसीमका प्रतिक्रियाहरु आयका छन्।