काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवक्तामा ज्ञानेन्द्र शाही चयन भएका छन् । आज शुक्रबार शाहीले संचालन गरेको ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान राप्रपासंग एकीकृत भएपछि उनि प्रवक्तामा चयन भएका हुन् ।

शाहीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तामा औपचारिक मनोनयन गरेका थिए । केन्द्रीय कार्यालय धुम्बाराहीमा शाहीलाई अध्यक्ष लिङ्देनले फुलमाला लगाएर स्वागत गरेका थिए ।

आजै शाहीले संचालन गरेको अभियान राप्रपामा मिसिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले शाही जस्ता होनहार युवाको राजनीतिमा प्रवेशले धर्मको रक्षा र देश निर्माणमा सकारात्मक परिवर्तन आउने बिश्वास व्यक्त गरे ।

शाहीले संचालन गरेको अभियानका सम्पुर्ण केन्द्रीय कमिटीदेखि जिल्ला तहसम्मका व्यक्तिलाई आवस्यकताका आधारमा जिम्मेवारी दिइने राप्रपाले जनाएको छ । उनले विगत केहि बर्षदेखि भ्रष्टाचार बिरुद्ध अभियान चलाएका थिए । राप्रपाको प्रवक्ता बनेपछि शाहीले देशमा भएको भ्रष्टाचार र अनियमीतता बिरुद्ध झन सशक्त अभियान छेड्ने बताए ।

पछिल्ला दिनहरुमा शाहीले संचालन गरेको अभियानमा धेरै युवाहरु जोडिएका थिए । पार्टीमा सुशासन बिभाग गठन हुने र त्यसको जिम्मेवार प्रवक्ता शाहीलाई दिने राप्रपाले जनाएको छ ।

काठमाडौं :

काठमाडौं महानगरपालिका–१६ बालाजु गंगाहल नजिक सडकमा बिहीबार बिहान दुई जना पैदलयात्रीलाई ठक्कर दिई भाग्ने (हिट एण्ड रन) बसका चालकालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रदिप थपलिया छन् । उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं तारकेश्वर नगरपालिका–१० मनमैजु बस्ने १८ वर्षीय बिकाश तामाङ र काठमाडौं महानगरपालिका–१६ जागृती टोल बस्ने ५५ वर्षीया दुर्गा माया थापाको मृत्यु भएको थियो ।

उनीहरुको जनमैत्री अस्पताल हुँदै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना गरी फरार रहेको सवारी साधन र चालकलाई जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा धादिङबेशीबाट पक्राउ गरिएको हो ।

बागमती प्रदेश ०१–००५ ख ९३१४ नम्बरको धादिङ–काठमाडौं रुटमा चल्ने बस सहित चालकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बालाजुमा ल्याइएको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । फाइल तस्विर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!