श्रीमानलाई बचाउनको लागि धेरै नै लागि पर्दा पनि अहिले सम्म कतै बाट पनि एकै पैसा पनि जम्मा नभएको उनी सुनाउछिन। गाडी एक आपसमा ठोकिएर दुर्घ टना भएको ।उनिले कुदाएको गाडी एकि नभएको तर अर्को गाडी मा चै छ्यती भएकोले त्यो अर्को गाडी को मान्छेले छ्यती पुर्ती पाउनु पर्छ भनेर अदालत मा मुद्दा हालेको उनी बताउछन।

अदालत ले ८९ हजार रियल दिन पर्ने सजाए सुनाएको छ। यदि त्यो दिइयेन भमे जेलमै पैसा नदिन्जेल सम्म बस्नु पर्ने छ।यो पैसा नदिय सम्म नेपाल आउन नपाइने छ । ४ वर्षसम्म जेलमा बसेको र आझै पैसा नबुजाए सम्म पनि जेल मै बस्नु पर्ने बताउछन।

४ वर्षसम्म जेलमा बस्दा निकै नै गारो भएको र नेपाल आउन चाहेको बताउछन ।नेपाल आउनको लागि पैसा निकै आवस्यक परेको तर पैसा जम्म नहुँदा निकैनै गारो भएको छ ।त्यसैले सबैजानाले सहयोग गर्नुहोला।

हेर्नुस भिडियाे :- https://youtu.be/LaZFVP1likI

फागुन ८ , काठमाडौँ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते इन्जिनियरको मृत्यु भएको छ ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका गाउँपालिकामा कार्यरत ३० वर्षीय इन्जिनियर दिपक ढुंगानाको अस्पताल लैजाने क्रममा शनिबार राति बाटैमा मृत्यु भएको हो ।

ऐसेलुखर्क गाउँपालिका-७ माक्पा घर भएका स्टाफको बहिनीको बिहेमा गएर फर्कने क्रममा प्रदेश ३-०-२-००७ प ५३३३ नम्बरको बाइकबाट सडकभन्दा करिब २५० मिटर तल खसेका इन्जिनियर ढुंगानाको एम्बुलेन्सबाट काठमाडाैं लैजाने क्रममा हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारको बोझेओढार पुगेपछि राति १२ बजे मृत्यु भएको रावाबेँसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले बताए ।

ऐसेलुखर्क गाउँपालिकाका हुलास गुरुङले चलाएको बाइकको पछाडि बसेको अवस्थामा माक्पाको बाक्चुवा भीरबाट खसेका ढुंगानाको टाउको र छातीमा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका इन्जिनियर ढुंगानालाई स्वास्थ्यचौकी माक्पामा प्राथमिक उपचार गरेपछि हेलिकोप्टरबाट काठमाडाैं लैजाने प्रयास भए पनि रात परेकाले असम्भव भएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

इन्जिनियर ढुंगाना आफ्नो बाइक अर्कैलाई चलाउन दिएर गुरुङको पछि बसेर गाउँपालिका फर्कनेक्रममा दुर्घटनामा परेका हुन् । गुरुङलाई बाइकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

चितवनको भरतपुर महानगरपालिका-६ जगतपुरका ढुंगाना दुई महिनाअघि मात्र इन्जिनियरका रूपमा रावाबेँसी गाउँपालिका आइपुगेका थिए । चितवनबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!