काठमाडौ ।

नायक पल शाहको समर्थनमा अहिले मानिसहरु उर्लिन थालेका छन । पल शाह तनहुँ प्रहरीको हिरा,सतमा गएपछी तनहुँ जिप्रकामा पलका शुभचिन्तक र सन्चार्कर्मीको बाक्लो उपस्तिथी रहेको छ । यसै गरी नायक पल शाहले हलमा दर्शकसँग बसेर आफ्नो नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ हेर्ने इच्छा व्यक्त गरेका छन् । उनले प,क्राउ पर्नुअघि जारी गरेको भिडियो सन्देशमा आफ्नो यो इच्छा पूरा गरिदिन प्रहरीलाई अनुरोध गरेका थिए ।

अभिनेता पल शाहले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि अहिले मिडियाकर्मी र फिल्मकर्मीको भिड तनहुँमा लागेको छ । पलका फ्यानहरु प्रहरी कार्यालय अगाडी जम्मा भएका छन् । एक जना १७ वर्षकी किशोरी गायीकाले इच्छा विपरित कर णीको आरोप लगाउँदै उजुरी दिएपछि अभिनेता पल शाह प्रहरी हिरासतमा छन् ।

उनले सन्देशमा भनेका थिए, ‘हुन त कति सम्भव हुन्छ थाहा छैन । तर, यदि मिल्छ भने म दर्शकसँग बसेर यो हलमा यो फिल्म हेर्न चाहन्छु । प्रहरीले एकपटक यो मौका मिलाइदेवस ।’ ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक सुदर्शन थापाले स्टाटस लेख्दै दर्शकसँग बसेर चलचित्र हेर्ने पलको इच्छा पूरा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आइतवार तनहुँ प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन् । उजुरी दिएको चौथो दिनमा उनले आफै प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरीले सो घटनामा अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी परेपछि पल शाहले पनि केही अडियो सार्वजनिक गर्दै आफु विरुद्ध षडयन्त्र भएको बताएका थिए । ति मध्य उनकै अति मिल्ने साथी दुर्गेश थापाको नाम पनि परेको छ । उनै दुर्गेशका साथी योगेश काजी प्रहरीले अहिले वयानका लागि बोलाएको छ ।

उनी वयानका लागि तनहुँ पुगेका छन् । प्रहरी कार्यालय अगाडी पुगेका उनलाई केही मिडियाकर्मीले घेरेर प्रश्न गरेका थिए । उनी अब प्रहरीमा वयान दिन आएको र जे कुरा हो प्रहरीलाई बताउने भन्दै प्रहरी कार्यालय भित्रिएका छन् । जसमा ४ जनाको नाम पलले सार्वजनिक गरेका छन् । दुर्गेश थापा, सम्राट चौलागाई लगायत केहीको नाम उनले सार्वजनिक गरेका हुन् । यसै गरी सोनीका रोकाए ले आफ्नो विचार राखेकी छिन । https://youtu.be/xUJvNFeqmrg
काठमाडौँ :

नायक पल शाह यतिबेला तनहुँको हिरासतमा अनुसन्धानका लागि छन् । शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आत्मसमर्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।

पल शाह र पुजा शर्मा अभिनित चलचित्र म यस्तो गित गाँउछु २ हलमा लागिरहेको छ । यहि बिषयमा पुजा शर्माले अब मुख खोल्ने बेला आएको बताएकी छिन् ।

एक च्यानलमा विषेश कुराकानिमा उनले पल त्यस्तो मान्छे नभएको र त्यो स’ड्यन्त्र भएको फेरि पनि बताएकी छिन् । भक्तपुरको क्यु एफ एक्स सिनेमा पुगेकि शर्माले पलको हातमा ह’त्कडी देख्दा मन थाम्नै गारो भएको समेत बताएकी छिन् । उनले अब फ’साएको विषयमा बोल्ने समेत बताएकी छिन् ।

शाहले प्रहरीसामु आ’त्म’स’मर्प’ण गरेको दिनमै उनले लेखेकी थिइन्- सम्मान छ हाम्रो रियल हिरो लाई!!! सत्यको जित अवश्य हुनेछ॥

अभिनेत्री पूजा शर्माले पूर्णविक्रम शाह अर्थात् पल शाहलाई सुनीयोजित तरिकाले फसाइएको बताएकी छिन्। ‘म यस्तो गित गाउँछु २’की निर्माता शर्माले फिल्म प्रर्दशनीकै मुखमा यस्तो ल’फडा निकालेको भन्दै सत्यको जित हुने बताइन्।

संक्षिप्त कुराकानी गर्दै शर्माले भनिन्,‘फिल्म रिलिज हुनेबेला यसरी ल’फ’डा निकाल्नु भनेको हामीलाई असफल बनाउनु हो, तर दर्शकले निक्कै माया गर्नुभएको छ। हाम्रा आँशु हर्षमा परिणत भएका छन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!