काठमाडौं :
१७ वर्षिय नाबालिग गायिकालाई कर णी गरेको मुद्धामा अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले जिल्ला प्रहरी कार्यालय तनहुँलाई अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको हो । आइतवार आ’त्म’सम’र्पण गरेपछि प्रहरीले उनलाई म्याद थपका लागि अदालत लगेको थियो ।
फागुन ११ गते पल शाहविरुद्ध तनहुँ प्रहरी कार्यालयमा कर णीको कसूरमा जाहेरी परेपछि उनी फ’रार थिए । जिल्ला अदालत तनहुँले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो । त्यसक्रममा प्रहरीले उनीसँग नजिक रहेका विभिन्न व्यक्तिहरुसँग सोधपुछ पनि गरेको थियो । फरार रहेको चार दिनपछि आइतवार शाह प्रहरीसामु उपस्थित भएका हुन् ।
यसै क्रममा उनलाई केहि दिन लुकाएर राखेको आरोप जुरी दुखि हुँदै मिडियामा आएका छन् । उनले पल निर्दोष भएको बताउंदै बरु म जेल भित्र जान तयार छु पल दाइलाई छोड्नु पर्यो भन्दै उनले माग गरेका छन् । पल दाईलाइ त्यो स्थितिमा देख्दा मैले आशु रोक्न सकिन भन्दै उनले पलसंग केहि दिन बिताएका दिन सम्झेका छन् ।
बाँकि उनले बोलेका कुरा जस्ताको तस्तै तल भिडियोमा हेर्नुहोला https://youtu.be/hq-xtkmsvBg
काठमाडौं :
प्रहरी हिरासतमा रहेका नायक पल शाहका समर्थकले काठमाडौंको अनामनगरमा विरोध प्रदर्शनको तयारी गरेका छन्।
पलले आफूविरुद्ध षडयन्त्र भयो भनेर सार्वजनिक भएका सामग्री राखेपछि समर्थकले उनको पक्षमा र्याली निकाल्ने तयारी गरेका हुन्। आफूविरुद्ध उजुरी परेको चौथो दिन अभिनेता पल शाह तनहुँ प्रहरीमा पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय तनहुँमा आफूविरुद्ध जाहेरी परेको चौथो दिन आइतबार आ’त्मसमर्पण गर्न पुगेका पललाई जिल्ला अदालतले सात दिन न्यायिक हिरासतमा राख्न आदेश दियो।
पल अहिले जिल्ला प्रहरी कार्यालय तनहुँमा छन्। उनलाई भेट्न युट्युबमा समाजसेवी कहलिएका पुण्य गौतमदेखि सांगीतिक क्षेत्रका कलाकार तनहुँ पुगेका छन्।
गायक तथा संगीतकार योगेश काजीलाई भने उजुरी उपर बयानका लागि प्रहरीले बोलाएको छ। योगेश बयानका लागि तनहुँ प्रहरी कार्यालय पुगेका छन्।
यसै क्रममा यहाँ दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजिले पल र पिडित गायिकाको बिषयमा बोलेका छन् । साथीभाई भैसकेपछि हरेक कुराकानी शेयर गरिन्छ, सुखदुःखमा सबै कुरा खोलिन्छ यस्तो साथीहरुले नै घात गर्दाको परिणाम अहिले पल शाहले भोगेको बताएका छन् । बाँकि तलको भिडियोमा हेर्नुहोला https://youtu.be/qCNLx9sFhGM