सुनसरी :

सुनसरीको धरान- १८ बुद्धचोकस्थित न्यु कान्तिपुर होटल एण्ड गेष्ट हाउसको कोठामा एम महिलाको शव फेला परेको छ । इटहरी- ५ जनता वस्ती डेरा गरी बस्ने ३९ वर्षीया सुमित्रा तामाङकाे शव फेला परेकाे इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

दुई दिनदेखि एक पुरुषसँग बस्दै आएकी उनको म‌ंगलबार बिहान कोठा सफा गर्न गएका होटलका कर्मचारीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय धरानको टोलीले अनुसन्धान गरिरहेको छ । महिलासँगै बसेका पुरुष फ’रार छन् । उनले ह’ ‘त्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । महिलाको अनुहारमा चो’ट’स’मे’त देखिएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार अहिले मुचुल्का गर्ने काम भइरहेको छ । मृतकसँगै आएका पुरुषको पनि पहिचान गर्न र खोजी कार्य अघि बढाइएको उनले बताए। उनले भने, ‘मृतकका आफन्त आएर सनाखत गरपछि मुचुल्काको काम हुँदै छ । इटहरीमा डेरा गरी बस्ने रहेछ । श्रीमान् ब्रुनाईमा छन् । केटाको पनि पहिचान गर्ने काम हुँदै छ । घरमा आउने जाने मान्छे नै हो भन्ने खुलेको छ ।’

मृतकको घर पाँचथरको मिक्लाजुङ गाउँपालिका-१ रहेको उनको मतदाता परिचयपत्रबाट खुलेको थियो । मृतकको ब्यागमा भेटिएको अन्य कागजपत्रको आधारमा प्रहरीले परिवारमा सम्पर्क गरेको थियो । उनी इटहरीमा एक छोरा र छोरीको साथमा डेरामा बस्थिन् । परपुरुषसँगको स’म्ब’न्धले उनको ह’ ‘त्या भएको हुनसक्ने आशङ्का गरिएको छ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका १ स्थायी ठेगाना भएकी महिलाका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनाईमा रहेको खुलेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले बताएका छन् ।

त्यस्तै धरानमै अर्का एक पुरुषको पनि शव फेला परेको छ । कोशी राजमार्गको धरान भेडेटार सडकखण्डमा करिब ५० वर्षीय एक पुरुष मृत फेला परेका हुन् ।

उक्त शवको सनाखत भएको छैन । इलाका प्रहरी कार्यालय धरानका अनुसार शव धरान- ४ देवीथान नजिकमा पर्ने सडक किनारमा फेला परेको थियो । मृतक मागेर हिँड्ने व्यक्ति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शरीरमा चो’ट’प’ट’क केही पनि देखिएको छैन । प्रहरीले शव उठाएर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखेको छ ।

यो पनि : धनलक्ष्मीले आकाशमै जन्माइन छोरा

सुत्केरी हुन नसकेर उद्धार गरिएकी मुगुको खत्याड गाउँपालिका– ४ स्थित जुन्का गाउँकी २० वर्षीय धनलक्ष्मी रावलले हेलिकोप्टरमै बच्चा जन्माएकी छन् ।मुगुदेखि सुर्खेतसम्मको ४० मिनेटको आकाशको यात्रामा हेलिकप्टरमा चढेको ३० मिनेटपछि उनले छोरा जन्माएको चालक प्रमुख सेनानी रचन श्रष्ेठलाई उद्रित गर्दै सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्डका सेनानी बेलिना मल्लले जानकारी दीइन ।

उनका अनुसार बच्चा उल्टो भएर सुत्केरी हुन नसकेपछि रावललाई सुर्खेतदेखि हेलिकप्टरबाट उद्धार गरिएको थियो । “सुत्केरी रावललाई १८ घण्टा लामोसमयसम्म व्यथा लागेर छ’ट्प’टि’एको अवस्थामा हेलिकप्टरबाट उद्धार गरिएको हो,” उनले भनिन् , “थप उपचारका कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएका आमा छोरा दुवैको स्वास्थ्य अहिले सामान्य रहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!