-मोरङको सुन्दरहरैंचा नगरपालिकामा तीन छोरीले आफ्नी आमाको काजकि’रिया गरिरहेका छन् ।छोराले मात्र काजकि’रिया गर्नुपर्छ भन्ने परम्परागत हिन्दू धार्मिक मान्यतालाई चुनौती दिंदै सुन्दरहरैंचा-४, बाँसबारीका दीपा खतिवडा, सुनिता खतिवडा र सपना खतिवडा (सिलवाल)ले आफ्नी दिवंगत आमाको सामूहिक क्रियामा बसेका छन् ।आमालाई दागबत्ती दिने दीपा र सुनिता अविवाहित हुन् भने सपना विवाहित हुन्।५५ वर्षीया आमा मनमाया ढकाल खतिवडाको नि’धनपछि दुई दिदीबहिनीले काजकि’रिया गरिरहेको दीपाले बताइन् ।
आमा सबैको भएकाले छोरीलाई काजकिरि’याबाट बञ्चित गर्ने संस्कारलाई आफूहरुले नमान्ने दीपाले बताइन् ।उनीहरुको एक मात्र भाइको सानै उमेरमा मृत्यु भएको थियो ।बाबुआमाको काजकिरिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिवर्तन ल्याउन खतिवडा दिदीबहिनीले गरेको साहसलाई सामाजिक सञ्जालमा धेरैले सराहना गरेका छन् ।-अनलाईन खबर
यस्तै,विद्यार्थीहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १७ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । दार्चुलाका नाैवटा स्थानीय तहहरूका दुई/दुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन गरिनेछ ।
सम्बन्धित् स्थानीय तहसँगको समन्वयमा बढी विद्यार्थी संख्या भएका विद्यालयहरू छनोट गरि स्वास्थ्य शिविर सञ्चालन गरिने कार्कीले बताए । हाल ब्यास गाउँपालिका र दुँहु गाउँपालिकाको विद्यालयहरुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ भने अन्य स्थानीय तहका विद्यालयमा शिविर सञ्चालन हुन बाँकी छ । दुँहु गाउँपालिकाको धारीपाटा मावि धारीमा १२ फागुन र गौरीलमाण्डौ मावि हिकिलामा १३ फागुनमा शिविर सम्पन्न भएको छ ।
त्यसैगरी ब्यास गाउँपालिकाको हिमालय मावि हुतिमा १५ फागुन र सम्पाल मावि सुन्सेरामा १६ फागुनमा शिविर सम्पन्न गरिएको कार्कीले बताए । यी चारवटा विद्यालयहरूका करिब एक हजार ४०० विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको छ । जसमध्ये आँखा परीक्षण सबैको गरिएको र कान तथा दाँतको परीक्षण समस्या भएका विद्यार्थीहरूकाे मात्र गरिएको कार्कीले बताए ।
प्रत्येक विद्यालयमा दाँत र कानसम्बन्धी समस्या भएका ३०/४० जना विद्यार्थी भेटिएका छन् । उनीहरूलाई औषधि वितरण गरिएको उनले बताए । विद्यार्थीहरूको आँखा, कान र दाँत परीक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाबाट तथा आँखा उपचार केन्द्रबाट दुई जनाको टोली आवश्यक परीक्षण सामग्री तथा औषधि बोकेर विद्यालयमा पुगेको हो ।