September 29, 2022

काठमाडौको दक्षिण ढोका बस्दै आएकी चद्रमाया बरुवाल आफुसगँ भएको आफ्नो केही पैसा शिव थापा र दुर्गा थापाले खाइदिएको भन्दै मिडियामा आएकी छिन । ३०/३५ वर्ष अघि श्रीमान बितेको र पहिले भएको सम्पत्ती छोराछोरीलाई दिएर बाकी रहेको आफ्नो ५ लाख रुपैयाँ उनिहरुले खाइदिएको चन्द्रमायाले बताएकी छिन । आफू अहिले एक्लै बस्दै आएको र कोठाभाडा तिर्न र खान समेत आफुलाई गार्‍हो भएको चन्द्रमायाले मिडियामा बताएकी छिन ।

६ वर्ष अघि शिव र दुर्गाले आफ्नो ५ लाख रुपैयाँ ब्याज सहित दिने भन्दै ऋण लगेको उनको भनाई छ । तर अहिलेसम्म सावाँ ब्याज केही पनि नदिएको चन्द्रमायाले बताएकी छिन । दुई छोरा र दुइ छोरि भएता पनि आफू एक्लै बस्दै आएको उनले बताई । छोरा बुहारिको ब्याबहार खासै राम्रो नभएकोले आफू एक्लै नै बस्दै आएको चन्द्रमायाको भनाई छ । आफ्नो पुरानो सम्पत्ती र सरकारले दिने एकल महिला भत्ताबाट गुजरा गरि रहेको भएता पनि अहिले उक्त रकम भने उनिहरुले खाइदिएको उनले बताईन ।

अहिले सरकारले दिने एकल महिला भत्ताबाट जसोतसो चलाई रहेको उनले बताएकी छिन । मासिक ८ हजार रुपैयाँ भत्ता आउने गरेको उनले बताईन । त्यसले कोठाभाडा तिरेर बिहान बेलुका खान समस्या भएकोले आफू ५/७ वर्ष देखि एक छाक खाएर बसिरहेको चन्द्रमायाले बताएकी छिन । मासिक ३ हजार ब्याज दिन्छु भनी दुर्गा थापाले आफुसगँबाट ५ लाख रुपैयाँ लिएर गएको उनको भनाई छ । तर अहिले उनिहरु कहाँ छन आफुलाई केही थाहा नभएको उनले बताईन ।

आफुहरु एउटै गाउँको भएकोले पहिले देखि नै चिनजान भएको उनले बताइन । आफू काठमाडौ आएर दक्षिण ढोका बस्ने र दुर्गा नारायण टार बस्ने गरेको उनको भनाई छ । एउटै गाउँको चिनजानको भएर आफुले पैसा दिएको तर पैसा लिए पछि नारायण टार छोडेर दुर्गा सम्पर्क बिहिन भएको चन्द्रमायाले बताएकी छिन । आफुसगँ उनिहरुले पैसा लगेको हो भन्ने प्रमाण पनि रहेको चन्द्रमायाले बताएकी छिन । दुई वर्ष अघि वार्ड कार्यलय गएर आफुहरुले कागज समेत गरेको उनको भनाई छ ।

पहिले केही वर्ष ब्याज दिएको भएता पनि २/३ वर्ष देखि दिन छोडेको उनले बताईन । त्यस पछि आफुले कागज गरि ६ महिनामा सम्पुर्ण सावा ब्याज तिर्ने भनी कागज गरेको उनले बताईन । ६ महिना पछि पनि नतिरेकोले आफू वार्ड कार्यलय उक्त कागज बोकेर गएको तर त्यो बेला कोरोनाको बन्दका कारण वार्ड कार्यलयले पनि खासै वास्ता नगरेको उनको भनाई छ । दुर्गा थापा र उस्को श्रीमान शिव थापा दुबैले गरेको कागज आफुसगँ भएको चन्द्रमायाले बताएकी छिन ।

भिडियो हेर्नुस :- https://youtu.be/jI9DPBpPQvI

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!