उपचारका क्रममा चार महिने शिशुको मृ;त्यु भएपछि विराटनगरको कोसी अस्पतालमा प्रदर्शन भएको छ । शुक्रबार उपचारका क्रममा चार महिने शिशु आरभ चौधरीको मृ’त्यु भएपछि आफन्तले प्रदर्शन गरेका हुन् । मृतकका आफन्तका अनुसार स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान शिशुलाई अस्पताल ल्याइएको थियो । इमरजेन्सीमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीका कारण मृ’त्यु भएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएको समूहले अस्पतालमा तोडफोडको प्रयास पनि गरेको छ । करिब दुई घण्टा प्रदर्शन गरेका मृ’तकका आफन्तले शव बुझेको मोरङका प्र’हरी उपरीक्षक जनार्दन जिसीले बताए । चिकित्सकले अब लापरवाही नगर्ने सहमतिपछि आफन्तले शव बुझेको उनले बताए । OnlineKhabar

यस्तै,१६ वर्षीया बालिकालाई बला”त्कार गरेको आ”रोपमा महानगरीय प्रहरी अप”राध महाशाखाबाट खटिएको टोली एकजनालाई प”क्राउ गरेको छ । प”क्राउ पर्नेमा तीनपाटन गाउँपालिका-३ सिन्धुली घर भई काठमाडौंको न्यूरोड बस्ने २२ वर्षीय रोहित विक छन् । उनीमाथि गत मंगलबार बालिकालाई बला”त्कार गरेको आ’रोप छ । उनलाई प’क्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महाशाखाका प्र’हरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

यस्तै, इन्डोनेसियामा आ”पराधिक समूहको आक्रमणमा परी कम्तीमा आठ सर्वसाधारणको मृ”त्यु भएको छ । पपुपाका पृथकतावादीहरूले उनीहरूको ह”त्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । मारिएकाहरू प्रविधिसम्बन्धी कम्पनीमा काम गर्ने कामदार हुन् । सो कम्पनीको टावरलाईसमेत असर पार्ने गरी उनीहरूले आक्रमण गरेको जनाइएको छ । सरकारी अधिकारीहरूले खराब मौसमका कारण उनीहरूलाई उद्धार गर्न नसकिएको जानकारी दिएका छन् ।

हवाइ यातायातको साधन प्रयोग गरेर मात्रै घट”नास्थलमा पुग्न सकिने भएकाले सरकारी अधिकारीहरू पुग्न कठिन भएको बताइएको छ । ‘हामीले हाम्रो टोलीलाई त्यता पठाउनका लागि तयारी गरिरहेका छौं, अनुकूल हुनासाथ हाम्रो टोली घट”नास्थलमा पुगेर विस्तृत विवरण लिएर आउने छ र उनीहरूलाई पनि उद्धार गर्नेछ,’ एक अधिकारीले भने । आफूहरूले घट”नाका बारेमा थप अध्ययन अनुसन्धान पनि गर्ने उनीहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!