Tuesday, March 21
Shadow

अर्घाखाची भुमिकास्थानका कलाकार बासुरी बादक बिष्णु रानाभाटका दाजु बलदेबको यस्तो अवस्था।

कलाकार भन्ने बित्तिकै धेरैको मनमा लाग्न सक्छ जसलाई कुनैपनि चिन्ताहरू छैन। जसको जिबननै हासो खुसी अनि रमाइलो तरिकाले बिरिराखेको होला। किन भने खासगरेर कलाकारलाई धेरैले कहिले काही स्टेज प्रोग्रामहरुमा प्रत्यक्ष देख्ने गरेको हुन्छन जहा आफु रमाउदै धेरैलाई रमाइलो दिलाउने गरेका हुन्छन कलाकारले। त्यसैले धेरैको सोचाइ कलाकारलाई सहज छ, रमाइलो छ, अनि आनन्दको जिबन छ भनेर सोचेको हुन सक्छ। तर हरेक मानवमा एक न एक चिन्ताहरू अवस्य हुन्छ भने जस्तै कलाकारले आफ्नो मनमा हजारौ पिडाहरु खेपेर अरुलाई रमाइलो दियको कयौ उधाहरण हामीले देख्दै अनि हामि संगको कुराकानीकै क्रममा समेत तिनै कलाकारले बताउदै आयका हुन्छन। कुनै कलाकारको ठुलै बिरामीपरेको अवस्थामा त सायद उपचारका-लागी आर्थिक-अवस्था समेत निकैनै नाजुकसमेत हुने गरेको पाइन्छ। जसले गर्दा कलाकारलाई हामीले देखेको भन्दा उनीहरुको जिबन साच्चैनै फरक हुने गरेको हुन्छ।

कलाकार भन्नेबित्तिकै देशका गहना हुन् भनेर समेत भन्ने गरिन्छ तर पछिल्लो समय तिनै देशका गहनालाई केहि समस्याहरु परेमा हेर्ने कसले त भन्ने प्रश्नहरु समेत हामि संग ति सम्बन्धित निकायहरु समक्ष छन्। विभिन्न संघ सस्थाको नाममा खुलेका ति संगठनहरु कहिले राम्रै काम गरेका छन् भने केहि नाम मात्र राखेर त्यस्ता आपतमा-परेका कलाकारको कसरी उद्दारगर्न सकिन्छ भनेर लाग्न हिच्किचायको समेत धेरै उधाहरणहरु छन्। हुन त केहि राम्रा संघ सस्थाले यसभन्दा अगाडि कलाकारलाई परेको आपतको समयमा सहयोगका लागी विभिन्न कार्यक्रमहरु नगरेको त पक्कै होइन तर हरेक ति कलाकारको हक-हितका लागी बनेका संघ सस्थाहरुले संगै हातेमालो गरेको खण्डमा हामी माझ यस्ता प्रश्नहरु अलि हुने थियन होला।

यसै बिचमा २ दिनदेखी सामाजिक संजाल फेसबुकमा धेरै कलाकारहरुले एउटा कलाकाकारको तस्बिरलाई पोस्ट गर्दै सबैलाई सहयोगको लागी अपिलगर्दै आयको देख्न सकिन्छ। अर्घाखाची जिल्लाको भुमिकास्थान नगरपालिका २ का कलाकार बासुरी बादक बिष्णु रानाभाटका दाजु बलदेब रानाभाट आगोमा परेर कम्मरभन्दा माथिल्लो भाग जलेर-गम्भीर अवस्थामा काठमण्डौको क्रितिपुर अस्पतालमा-आइसियु मा रहेका छन्। जसको उपचारकालागी आर्थिक अवस्थासमेत निकैनै कमजोरभयकै कारण सबैलाई सहयोगका लागी अनुरोध धेरै कलाकारले आफ्नो फेसबुक वालमा राख्दै आयको पाउन सकिन्छ। हुन त कलाकार लाई परेका कुनैपनि आपत-बिपतमा अर्को कलाकारले सहयोग नगरेको समय यसभन्दा अगाडिपनि थियन अहिले पनि यो मिलानता उस्तै देख्दा कलाकारदेखी हामि सबै पक्कै खुसी हुने पर्छ।

यो संगै कलाकार बासुरी बादक बिष्णु रानाभाटका दाजु बलदेब रानाभाट लाई सहयोग जुटाउनका लागी धेरै कलाकारहरु लागी पर्नु भयको छ भने जसको नेपाल एसबीआइ बैंकको खाता नम्बर २०५१५२४१४१२४८४ खाता धनीको नाम बिष्णु बहादुर भाट समेत उल्लेख गरीयको छ। यसै बिचमा जसलाई सहयोग गर्न चाहनेले बिष्णु रानाभाट लाई सम्पर्क गरेर समेत सम्पर्क गर्न सकिने छ। त्यसका लागी जसको मोबाइल नम्बर ९८४१६३११०५ उल्लेख गरीयको छ र उहालाई सहयोग गर्न चाहनेले सहयोग गरेर उहाको जिबनबचाउन सबै कलाकार हरुले अपिलसमेत गर्दै आयका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

https://respectlodgingfoil.com/g8qhnfbd4?key=637f0f6d26dabd71e7147c63b6a98099
error: Content is protected !!