September 29, 2022


२३ फागुन, काठमाडौं । गण्डकीका मन्त्री ठूलो दुर्घटनाबाट बचेका छन् । उर्जामन्त्री हरिशरण आचार्य चढेको गाडी सोमबार बिहान पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१ सुगम पेट्रोल पम्प अगाडि दुर्घटनामा परेको हो । मन्त्री र चालक तथा सवार व्यक्तिहरु सकुशल छन् ।

बिहान घाँसीकुवा तर्फबाट दमौलीतिर आउँदै गर्दा मोटरसाइकलले अचानक बाटो काटेपछि जोगाउने क्रममा झण्डावाल गाडी सडक छेउको बिजुलीको पोलमा ठोक्किन पुगेको प्राप्त सिसिटिभी फुटेजमा देखिन्छ । मन्त्री सवार गाडी तीब्र गतिमा गुडेको देखिन्छ ।

ग १ झ ६०० नम्बरको मन्त्रीको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । प्रहरीले कुन मन्त्रीको गाडी भन्नेबारे केही बताएको छैन । यद्यपी उर्जामन्त्री आचार्य नवलपुरबाट पोखरातर्फ आउँदै रहेको बुझिएको छ ।

खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा आइतबार सहभागी भएर मन्त्री आचार्य सोमबार बिहान पोखरा फर्किँदै थिए । मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ पनि सँगै रहेकाले श्रेष्ठ चढ्ने गाडीमा मन्त्री पोखरा फर्कँदै थिए ।

२३ फागुन, काठमाडौं । महिला उद्यमी तथा सञ्चारकर्मी सुनिता केसी राई आइतबार धरान–१५ पुष्पलाल मार्गस्थित आफ्नै घरमा मृत फेला परेकी छिन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले ४२ वर्षीया केसी आफ्नै घरको कोठाको पंखामा सलमा झुण्डिएको अवस्थामा फेला परेको बताए ।

उनले प्रारम्भिक रुपमा हेर्दा केसीले आत्महत्या गरेको हुनसक्ने बताए । माइती पक्षबाट उपस्थित भएपछि सर्जमिन मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । उनका माइती काठमाडौंमा बस्दै आएका छन् ।

समाज सेवामा सक्रिय केसी लागुपदार्थ प्रयोगकर्ताको उपचारकालागि धरानमा प्रहरीको समन्वयमा संचालित आसरा सुधार केन्द्रको सदस्य तथा धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवन निर्माण समितिका अध्यक्ष रहेकी थिइन् ।

मृतक केसी करिब डेढ दशकदेखि धरानको विजयपुर मिडिया ग्रुप प्रालीद्वारा संचालित विजयपुर एफएमको सदस्य र समाचार विभागका कार्यरत हुँदै पछिल्लो समयमा क्लिक धरान मिडिया प्रालिका प्रबन्ध निर्देशक रहेकी थिइन् । उनी नेपाल पत्रकार महासंघ सुनसरीको सदस्य र पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य तथा महिला सञ्जाल धरानको नगर सदस्यसमेत रहेकी थिइन् ।

प्रहरीकाअनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । केही दिन अघि उनी स्कुटी दुर्घट्नामा परेपछि घरमै आराम गरिरहेकी थिइन । आइतबार बिहान उनका छोराहरु विद्यालय गएका थिए भने उनका श्रीमान् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अधिकृतका रुपमा कार्यरत रहेकोले कार्यालय गएका थिए ।

बिहान उनलाई भेट्न घर पुगेका आफन्तहरुले केसीले ढोका नखोलेको उनको श्रीमानलाई जानकारी दिएपछि उनले घर आएर पछाडिको ढोका खोलेर हेर्दा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । प्रनाउ कुँवरले भने, ‘उनको माइती पर्खिरहेका छौं । त्यसपछि सर्जमिन मुचुल्कालगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाउने छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!