काठमाडौं ।

एक १७ वर्षकी किशोरीलाई क’र’णीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । नाबालिग क’र’णीको आराेप लागेका अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोट ल्याइएको छ । तनहुँ प्रहरीमा क’र’णी जाहेरी दिएकी किशोरीले गैंडाकोटको एक रिसोर्टमा पनि शाहले क’र’णी ग’रे’को भन्दै दुई साताअघि गैंडाकोट प्रहरीमा पनि जाहेरी दर्ता गरेकी थिइन् ।

उक्त मुद्दाको अनुसन्धानका लागि आरोपितलाई तनहुँबाट झिकाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए । आरोपित शाहलाई एक घण्टा अगाडि गैंडाकोट ल्याएको हो । किशोरीका बुवाले तनहुँ र गैडाकोटमा पल विरु’द्ध उजुरी दिएका छन् । तनहुँमा उनको वयान लिने काम भएको छ । गैडाकोटमा पनि उजुरी परेका कारण बयानका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।

टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पलको हातमा ह’त्क’डी लागेको थियो । बारदात भएको दोस्रो स्थान भन्दै पीडितको भनाई अनुसार उनका बुवाले जाहेरी दिएका हुन् । उनले गैडाकोटको एक होटलमा राति आफु माथि पलले क’र’णी ग’रेको आरोप लगाएकी छन् ।

एक दिनमा हुने कामलाई दुई दिन लगाएर क’र ‘णी ग’रे’को किशोरीको आरोप छ । पलको मुल मुद्दा भने जिल्ला अदालत तनहुँमा चलिरहेको छ । उक्त अदालतले आइतवार थप १२ दिन थुनामा राख्न आदेश दिएको थियो । किशोरीले तनहुँस्थित जिप्रका र सरकारी वकिलको कार्यालयमा पुगेर मुद्दाको प्रगति बुझेकी थिइन् ।

१६ फागुनमा ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा किटानी जाहेरी दिएपछि भरतपुर अस्पतालमा किशोरीको स्वास्थ्य परीक्षण गरिएको थियो । उक्त मुद्दामा अनुसन्धान गर्न आरोपित शाहलाई पठाइदिन भन्दै पूर्वी नवलपरासी प्रहरीले गत आइतबार तनहुँ प्रहरीलाई पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!