September 29, 2022

तनहुँ :

एक बालिकालाई कर णी गरेको आरोपमा पक्राउ परेका नायक तथा मोडल पल शाहका म्यानेजरलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

पलका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव निरीक्षक युवराज खड्काले पुष्टि गरे । शुक्रबार दिउँसो दमौलीबाट जोशीलाई नियन्त्रणमा लिएको उनले बताए । ‘अनुसन्धानका लागि उहाँलाई पनि नियन्त्रणमा लिएका हौं’, उनले पुष्टि गर्दै भने ।

अन्तिम पटक पलले ती बालिकालाई तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा कर णी गरेको भन्दै बालिकाको अभिभावकले उजुरी दिएका थिए । उजुरी परेको पाँच दिनपछि पलले तनहुँ प्रहरी समक्ष १५ फागुनमा गिरफ्तारी दिएका थिए ।

उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेकोमा गत मंगलबार तनहुँ प्रहरीले इलाका प्रहरी कार्यालय गैँडाकोट पुर्‍याएको छ । त्यहाँ पनि तिनै बालिकाले उजुरी दिएपछि अनुसन्धानका लागी गैँडाकोट प्रहरीलाई बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत तनहुँले अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई सात दिनको म्याद दिएको छ ।

घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई ह’ ‘त्या’सम्मको ध’ ‘म्की दिएको र कर णी लागि बालिगलाई फकाउने र प्रबन्धमा सं’लग्न देखिएको भन्दै जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फ’साउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत सं’लग्न रहेको आरोप लगाएका थिए । लुकि बसेको अवस्थामै ६ वटा अडियो सार्वजनिक गर्दै शाहले जोशीलाई उक्त आरोप लगाएका थिए । तर, अनुसन्धानको क्रममा प्रहरीले जोशीलाई शाहकै लागि म’तियारको काम गरेको प्रमाण भेटेकोले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

पलको उक्त आरोप लगत्तै केही युट्युब च्यानलमा अन्र्तवार्ता दिदै जोशीले नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फ’सा’उने ष’ड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले शाहको ह’ ‘त्या समेत योजना बनाएको दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

error: Content is protected !!