आज नेपालको पहाडी भेगमा फागु पूर्णिमा अर्थात् होली पर्व मनाइँदैछ। कोरोनाभाइरसका कारण दुई वर्षदेखि विभिन्न प्रतिबन्धबीच मनाइएको होली यसपालि धुमधामका साथ मनाइँदैछ।
काठमाडौंसहित विभिन्न सहरमा होली खेल्नेहरूको भीड छ। काठमाडौंको बसन्तपुरमा होली कार्यक्रम आयोजना गरी होली मनाइएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गै’रकानुनी कार्य गरेमा तत्काल प’क्राउ गरी कारबाही गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै कसैको इच्छाविपरीत फो’होर
पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टि’कजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अ’वरोध गरे का’रबाही गर्ने भनेको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गर्दै कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गरे । यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताए । सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा
सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरुपमा मनाउन आह्वान गरेका छन् ।
यस्तै, प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा(होली)का अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले आज जारी गर्नुभएको शुभकामना
सन्देशमा सो अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्नुभएको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक
एकता कायम गर्ने विश्वास रहेको कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा (होली) यस वर्ष हिमाली तथा पहाडी जिल्लामा चैत ३ गते र तराईका जिल्लामा चैत ४ मा मनाइँदै छ ।
रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला घरपरिवार, आफन्त, इष्टमित्र तथा साथीभाइ एकापसमा रङमा रङ्गिएर उल्लासपूर्वक वातावरणमा नाचगान रमाइलो गर्ने चलन छ ।
सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यबद्धता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री राई सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
फागु पूर्णिमाको अवसरमा हिमालदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढ हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर विभिन्न भाकामा गीत गाउँदै, बाजा बजाउँदै रमाइलो गर्ने प्रचलन छ ।